१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

दाङको सिमानाका क्षेत्रमा ५ वटा सशस्त्र प्रहरीको बिओपी स्थापना

Logo
प्रकाशित मंगलबार, माघ २७, २०७७

ABC क्राईमबिट
दाङ । नेपाल भारत सिमाक्षेत्रमा धमाधम सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट स्थापना भएको छ । सिमाक्षेत्रमा बढ्दो सिमा अपराध नियन्त्रण तथा राेकथाम, सिमाक्षेत्रमा बसाेबास गर्दै आइरहेका नाकाबासीलाई शान्ति सुरक्षाको महशुल गराउन नेपाल भारत सिमाक्षेत्रमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गरिएको हाे ।

यस्तै साेमबार दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीनाका र वडा नम्बर १ पटाैलीनाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बाहिनी मुख्यालयका रूपन्देही कपिलवस्तु बाहिनिपती किशोर प्रधान, दाङका प्रमुख जिल्ला जयनारायण आचार्य, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले संयुक्त रुपमा पाेष्टकाे उद्घाटन गर्नुभएकाे हाे ।

उद्घाटन गर्दै बाहिनिपती किशाेर प्रधानले स्थानीयहरूसंग समन्वय गरेर अहाेरात्र खट सिमाक्षेत्रमा शान्ति सुरक्षा प्रदान गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रधानले सिमाक्षेत्रमा शान्ति सुरक्षाको लागि अहाेरात्र खट्ने सशस्त्र र नेपाल प्रहरीलाई आफ्नै घरको छाेराे बराबरको व्यवहार सरह गरिदिनु हुन स्थानीयहरूसंग अनुरोध गर्दै, सिमा सुरक्षा, सीमामा हुने अपराध नियन्त्रण गर्ने, लागु औषध ओसारपसार जस्ता अपराधीक गतिविधिलाई नियन्त्रण गर्ने पाेष्टकाे स्थापना गरिएको उहाँले बताउनुभयो ।

भारतसंग सिमाना जोडिएका एक सय चौधवटा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गर्ने नेपाल सरकारको लक्ष्य रहेको बाहिनीपति प्रधानले बताउनुभयाे । सशस्त्र प्रहरीले सिमानामा भएका सिमा स्तम्भ र पिल्लरहरुको रेखदेख, सुरक्षा तथा जानकारी लिने छन् ।

दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले यो आर्थिक बर्षमा दाङको सिमा नाकामा १२ वटा प्रस्तावित सशस्त्र प्रहरीको क्याम्प स्थापना गर्न लागिएको जानकारी दिनुभयाे । उहाँका अनुसार बजेट अभावका कारण पाँचवटा मात्र स्थापना गर्न सफल भएको छाैँ । बाकी सातवटा क्याम्पहरु अर्को बर्षमा स्थापना गर्नका लागि कार्ययोजना बनाईरहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयाे ।

पाेष्ट स्थापना पश्चात् सिमाक्षेत्रमा नेपाली नागरिले मात्रै नभएर भारतले पनि शान्ति सुरक्षाको महशुल गर्ने छन् । सिमित स्राेत साधनकाे बाबजुद पनि शान्ति सुरक्षाको लागि सिमाक्षेत्रमा अहाेरत्र खटिरहेकाे अवस्था छ, प्रमुख जिल्ला अधिकारी आचार्यले भन्नुभयो,- `उच्म मनाेबल कायम रहाेस् । छिमेकी राष्ट्र भारतीय एसएसबीसंगकाे सम्बन्ध कायम राख्नु ।

स्थानीयसंग सुमधुर सम्बन्ध राख्दै सिमाक्षेत्रमा बढ्दाे सिमा अपराध नियन्त्रणमा सक्रियता बढाउदै नेपाल प्रहरीसंग समन्वय गरि नाकाबासीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनु हाेला ।

´ यस्तै कार्यक्रममा राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले नाका क्षेत्रमा सशस्त्र प्रहरीको क्याम्प स्थापना हुनु अत्यन्तै खुशीको कुरा भएको बताउदै, अब नाकाका बासिन्दा भारतीय नागरिक र भारतीय सुरक्षाकर्मीसंग हेपिनु पर्ने बाध्यता अन्त्य भएको बताउनुभयो ।

अहिले सम्म नेपाली भूमिलाई बिनाबर्दीका सिपाही भएर सुरक्षा दिएको प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सुरक्षाकर्मीसंग सहकार्य गरेर शान्ति सुरक्षामा सहयोग पुर्‍याउन आग्रह गर्नुभएकाे हाे ।

`खुला सिमाना भएको हुनाले सिमाक्षेत्रमा हुनसक्ने विभिन्न अपराध नियन्त्रण गर्न प्रत्येक सिमानामा सशस्त्र प्रहरी बल बाेर्डर आउट पाेष्ट आवश्यक रहेको छ ।´ यस अघि गढवाकाे काेइलाबास, राजपुर गाउँपालिका खांग्रा, र सुनपथरी नाकामा सशस्त्र प्रहरीको पोष्ट स्थापना भैसकेको छ ।

हाल सम्म दाङमा पाँचवटा बोर्डर आउट पोष्ट स्थापना भैसकेका छन् अब सातवटा स्थापना हुने प्रक्रियामा रहेको दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयाे । गुरुङ, भौवा, सिरिया, भौरिसाल, मुसिनाका डगमारा र खबरीनाका सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गर्नका लागि प्रस्तावित नाका हुन् ।

यी प्रस्तावित नाकाहरुमा सशस्त्र प्रहरीको बाह्रवटै क्याम्प कम्तिमा ६ देखि ७ किलोमिटरको दुरीमा रहने छन् । हाललाई भैसाही र पटाैलीनाका स्थित स्थानियकाे घर भाडामा लिएर तारवार गरेर क्याम्प स्थापना गरिएको छ ।

कार्यक्रममा २९ नम्बर गण हेडक्वाटर ज्वालामाई भालुबांगका एस.पी टाेप खनाल, सशस्त्र प्रहरी बल नेपाल ४१ नं. रिर्जभ गण हे.क्वा अर्जुनखाेलाका प्रमुख यादव विश्वकर्मा, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्द, राष्ट्रिय अनुसन्धान दाङका प्रमुख अर्जुन भण्डारी, सेनानी दाङका प्रमुख सुनिल थापा लगायतको उपस्थिति रहेको थियोे ।

सशस्त्र प्रहरी पोष्ट स्थापना भएपछी नाकालीबासी खुशी बर्षौ देखि भारतिय सुरक्षाकर्मी र भारतिय नागरिकको ज्यादती सहेका नाकाबासी भैसाही र पटाैलीनाकामा सशस्त्र प्रहरीको पोष्ट स्थापना हुँदा खुशी भएका छन् । नाकामा राज्यको उपस्थिती भएपछी उनिहरुलाई आधार भएको छ ।

घर आगनमा प्रहरी पुग्दा गर्बले शिर उच्च भएको भैसाहीनाका निवासी सीता गिरीले बताउनुभयो ।

हात हतियार सहित भारतीय प्रहरी नेपाली भूमिमा प्रवेश गर्नु कुनै नौलो कुरा हैन, नेपाली बस्तीमा आउने र धम्कि दिने उनीहरुको पुरानै रबैया हो, अब केहि समस्या भयो भने नेपाल प्रहरी र सशस्त्र प्रहरी हुनुहुन्छ हामि ढुक्क छौ स्थानीयले भने ।जानकारी सिडियो जयनारायण आचार्यबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दियाको बढैयाताल गाउँपालिका–२, फुटाहा, ५० नम्बर पिलर* नजिक नेपाल–भारत सीमा क्षेत्रमा अवैध रूपमा भारततर्फ लैजाँदै गरेको सामान बरामद गरेको छ। प्रहरीलाई टाढैबाट देखेपछि तस्करहरूले साइकलसहित सामान छोडेर फरार भएका थिए। *बरामद सामानको विवरण:* 1. *साइकल*: ९ थान × रु. १५० = रु. १३,५० 2. *तरबुजाको बीउ*: ४० […]

काठमाडौं । इलाका प्रहरी कार्यालय दमकमा भर्खरै सरुवा भई आउनुभएका डिएसपी हरी बहादुर बस्नेतले अहिलको मोर्डन जमनामा श्रीमान श्रीमती मात्र होटलमा बस्नु पर्छ भन्ने छैन, कानुनी प्रावधान पुरा गरेको मन मिल्ने जोकोहीले कोठा लिएर बस्न पाउने बताउनु भएको छ । होटलमा सिसी क्यामेरा राख्न र आएका आगन्तुकहरुको यर्थात विवरण इन्ट्रि बुकमा राख्न डिएसपी बस्नेतले होटल […]

नेपालगन्ज । घोराहीका सडक, चोक, सार्वजनिक कार्यक्रम र सामाजिक अभियानहरूमा पछिल्लो समय एउटा नाम बारम्बार सुनिन थालेको छ— सविन प्रियासन। कहिले युवासँगै हातमा झाडु बोकेर सरसफाइ अभियानमा देखिने, कहिले विपन्न विद्यार्थीका लागि सहयोग जुटाउँदै हिँड्ने, त कहिले शहर विकासका विषयमा खुला बहस गरिरहेको उनको सक्रियताले अहिले घोराहीको राजनीतिक वृत्तमै चर्चा पाउन थालेको छ। जब उनले […]

error: Content is protected !!