२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रधानमन्त्री ओलीले भने निर्वाचन हुन्छ तयारी निरन्तर गर्नुहोस

Logo
प्रकाशित मंगलबार, माघ २७, २०७७

ABC Sanchar
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि चुनावको तयारी निरन्तर रुपमा अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

मंगलबार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेका ओलीले निर्वाचनको तयारी निरन्तर रुपमा अगाडि बढाउन आयोगका पदाधिकारीहरुलाई आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । ‘प्रधानमन्त्रीज्यूले आयोगले गरिरहेको तयारीका सन्दर्भमा धन्यवाद ज्ञापन गर्नु भएको छ र निर्वाचनको तयारीको कामलाई निरन्तर अगाडि बढाउन आग्रह गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले सञ्चारकर्मीसँग भने ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको तयारीका लागि आवश्य पर्ने बजेट तथा बन्दोबस्तीका सामान लगायतका विभिन्न विषयबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका थापाले बताए ।

प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टीका महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र नेता सुवासचन्द नेम्वाङसहित आयोगको कार्यालय पुगेका थिए ।

निर्वाचन आयोगमा ओलीले पार्टी (नेकपा)को विवादबारे छलफल गरे नगरेको विषयमा सोधिएको प्रश्नमा प्रेस सल्लाहकार थापाले प्रधानमन्त्री आज (मंगलबार) निर्वाचन आयोग जानुको उद्देश्य त्यो नभएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गते आम चुनाव गर्ने गरी निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।

प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएको छ । विभाजित नेकपाको एउटा खेमाको नेतृत्व ओली गरेका छन् भने अर्को खेमाको नेतृत्व पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले गरेका छन् ।

ओली र प्रचण्ड-नेपाल दुवै पक्षले आफूहरु आधिकारिक पार्टी भएको दाबी गर्दै निर्वाचन आयोगमा अलग-अलग निवेदन दिएका छन् ।

निर्वाचन आयोगले यसअघि नेकपाको विवाद र निर्वाचनको तयारीका सम्बन्धमा छलफल गर्न माघ १६ गते ओली र प्रचण्डलाई बोलाएको थियो ।

उक्त छलफलमा ओलीले आफ्ना प्रतिनिधि पठाएका थिए भने प्रचण्डले आफ्ना प्रतिनिधि पठाएर छलफलको मिति सार्न अनुरोध गरेका थिए । नेकपामा आधिकारिकताको विवाद बढेपछि प्रधानमन्त्री पहिलोपटक (मंगलबार) आयोगको कार्यालय पुगेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!