१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

अख्तियारको कार्यालयमा भ्रस्टाचारको बर्षेनी उजुरी बढ्दै

Logo
प्रकाशित मंगलबार, माघ २७, २०७७

(महेन्द्र सिंह) बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा बर्षेनी भ्रष्टाचारका उजुरी बढ्दै गएका छन् ।

बाँके, बर्दिया र दाङ कार्य क्षेत्र बनाएर काम गरिरहेको सम्पर्क कार्यालय नेपालगञ्जले चालू आर्थिक बर्षको ७ महिनामा ५ सय ८४ उजुरी परेको जनाएको छ । जबकि गत आर्थिक बर्षमा ५ सय ७५ उजुरी दर्ता भएका थिए । आयोगको ३० औं स्थापना दिवसका अवसरमा आज पत्रकार भेटघाट कार्यक्रम गर्दै कार्यालयले सम्पादन गरिरहेका कामको विवरण प्रस्तुत गरिएको थियो ।

कार्यालय प्रमुख भेषराज रिजालका अनुसार आर्थिक बर्ष २०७५/७६ मा ५ सय ४२ उजुरी परेकोमा ३ सय १६ टुंगिएका थिए भने २ सय २६ बाँकि थिए । गत आर्थिक बर्षमा परेका ५ सय ७५ उजुरी मध्ये २ सय ५५ मात्र फछ्र्योट भएका थिए । त्यसमा ३ सय २० बाँकि थिए । जसमा हालसम्मको प्रगति ३१.९७ प्रतिशत छ । उजुरी मध्ये सबैभन्दा धेरै बाँकेका २ सय ४७, दाङका १ सय ६७ र बर्दियाका १ सय २४ थिए ।

उजुरीको प्रवृत्ति हेर्दा सबैभन्दा बढी स्थानीय तह, दोस्रोमा शिक्षा र तेस्रोमा भूमी प्रशासन सम्वन्धि छन् । अघिल्लो आर्थिक बर्षमा ६ वटा स्टिङ अपरेशन गरेको नेपालगञ्ज सम्पर्क कार्यालयले चालू आर्थिक बर्षका हालसम्म ३ वटा स्टिङ अपरेशन गरेको छ । कार्यालय प्रमुख रिजालका अनुसार त्यसमा बाँकेमा २ र दाङमा एउटा अपरेशन गरिएको थियो । उक्त अपरेशनबाट सात जना पक्राउ परेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

मेष : दिन सामान्य छ। हरेक कुरामा सचेत बन्नुपर्ने छ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ। विपक्षीको साथ मिल्नेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। विज्ञको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ। वृष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। धन बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन : […]

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

error: Content is protected !!