०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँके प्रहरीको अर्को अभियान सडकबाट बेसाहरा मान्छेको उद्धार

Logo
प्रकाशित मंगलबार, माघ २७, २०७७

(सागर थापा/महेन्द्र सिंह)
दाङ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाको निर्देशनमा ईलाका प्रहरी कार्यालय कोहलपुरले बेसाहरा मानवरहित सड्क अभियानलाई सार्थक बनाउन आफ्नो वडा एरिया अन्तरगत सड्कमा बेसाहरा अवस्थामा रहेका मानिसहरुको व्यबस्थापन तथा उद्धार गर्ने कार्यलाई प्राथमिकतामा राखी काम कारवाही गरि रहेको छ । सो क्रममा मंगलबार २७ गते बिहान राप्तिसोनारी गाऊपालिका वडा नं. ८ शम्शेरगंजबाट अन्दाजी १७ बर्षकी एक किशोरी र राप्तिसोनारी गा.पा. २ अगैयाबाट २३ बर्षका एक पुरुषको उद्धार गरी मानवरहित सड्क अभियानमा क्रियाशिल भई कार्य गरिरहेको तथा निजहरुलाई संस्थाको जिम्मा लगाउन तर्फ आवश्यक प्रबन्ध भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!