०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सुकवारमा शिवलक्ष्मीद्वारा सत्यनारायणकाे पुजा सम्पन्न

Logo
प्रकाशित बुधबार, माघ २८, २०७७


(तेज वली) दाङ । घाेराही उप-महानगरपालिका ७ सुकवारमा शिवलक्ष्मी चाैधरीद्वारा सत्यनारायणकाे पुजा कार्यक्रम मंगलबार सम्पन्न भएकाे छ । सत्यनारायण पुजाकाे शिवसवरी धामकी गुरु शिवलक्ष्मी चाैधरीले गरेकी थिइन् । नेपालमा पहिलाे पटक महिला गुरूबाट दाङकाे सुकवारमा सत्यनारायणकाे पुजा गरिएकाे हाे ।

धामका चेला घाेराही उप-महानगरपालिका-७ शुक्रबार निवासी पृथ्वीपाल चाैधरी र रामकुमारी चाैधरीकाे आयाेजनामा उक्त गाउँमा पहिलाे पटक सत्यनारायणकाे पुजा गरिएकाे हाे ।

सत्यनारायणकाे पुजा शिवसवरी धामकी गुरु शिवलक्ष्मी चाैधरी, धामका पुजारीहरू सन्ताेष बुढाथाेकी, साेमिया बस्नेत र बसन्ती धामीले गरेका थिए ।

सत्यनारायण पुजा आयाेजक रामकुमारी चाैधरीकाे अध्यक्षता एवम् राष्ट्रिय थारू कलाकार मञ्च दाङका बरिष्ठ उपाध्यक्ष लक्ष्मीमान चाैधरीकाे प्रमुख आतिथ्य तथा शिवसवरी धामकी गुरु शिवलक्ष्मी चाैधरीकाे विशिष्ट आतिथ्यमा सम्पन्न भएकाे हाे ।

शिवसवरी धाम धार्मिक प्रतिष्ठानका उपाध्यक्ष तथा राष्ट्रिय थारू कलाकार मञ्च दाङका सचिव राजेन्द्र चाैधरीकाे स्वागत भजन गीतबाट शुरू भएकाे कार्यक्रममा बाेल्ने बक्ताहरूले पछिल्लाे समय नयाँ पुस्ताहरूमा हराउँदै गएकाे धर्मप्रतिकाे विश्वासलाई यस्ता धार्मिक पुजाआजा कार्यक्रमले धार्मिक आस्था विश्वास बढाउने बताएका थिए ।
उनीहरूले पछिल्लो समय दाङ-प्यूठान सहित देशैभर शिवसवरी धाम प्रतिकाे आस्था, विश्वास र शक्तिमा विश्वास बढ्दै गएकाेले धामकाे आवश्यक प्रचारप्रसार तथा भाैतिक विकासमा राज्यकाे ध्यान जानुपर्ने बताएका थिए ।
पुजा पछि आयाेजित कार्यक्रममा रेडियाे राप्ती एफएम तथा राप्ती टेलिभिजनका निमित्त समाचार प्रमुख सन्ताेषकुमार गुप्ता, शिवसवरी धाम धार्मिक प्रतिष्ठानकी महासचिव धना चाैधरी र धामका सचिव कमल चाैधरी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सुकवार गाउँका स्थानीय समाजसेवी डुठीराम चाैधरीले धन्यबाद ज्ञापन गरेकाे कार्यक्रमकाे सञ्चालन राष्ट्रिय थारू कलाकार मञ्च दाङका अध्यक्ष सालिकराम चाैधरीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!