११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

भारतको नयाँ दिल्लीमा भूकम्पको शक्तिशाली झड्का

Logo
प्रकाशित शनिबार, फाल्गुण ०१, २०७७

ABC Sanchar
एजेन्सी । भारतीय राजधानी नयाँ दिल्ली लगायत उत्तर भारतमा शुक्रबार राती भूकम्प गएको छ । भूकम्पको झड्का महसुस गरेलगत्तै सर्वसाधारण घरबाहिर निस्किएका छन् । राती १० बजेर ३१ मिनेटमा गएको भूकम्पको झड्का उत्तर भारतका पञ्जाव, जम्बु काश्मिर, हरियाण लगायतका क्षेत्रमा महसुस गरिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

भूकम्प ६.३ रेक्टर स्केलको गएको जनाइएको छ भने त्यसको केन्द्रबिन्दु ताजकिस्तानस्थित जमिनबाट ७४ किलोमिटर गहिराईमा परेको जनाइएको छ । यसअघि आजै राजस्थानमा पनि भूकम्पको झड्का महसुस गरिएको थियो । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

error: Content is protected !!