१८ आषाढ २०८२, बिहिबार
03-07-2025 , Thu
×

नागरिकको सुरक्षा प्रहरीको पहिलो प्राथामिकता हो DSP : खनाल

Logo
प्रकाशित शनिबार, फाल्गुण ०१, २०७७

(सागर थापा/महेन्द्र सिंह)
बाँके । शान्ति सुरक्षामा खलल पु¥याउने तथा अपराधिक क्रियाकलापमा संलग्न कसैलाई पनि नछाड्ने नव आगन्तुक प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले बताउनु भएको छ ।
कानुन विपरित कार्य गर्ने सवै सजायको भागिदार हुने उहाँले बताउनुभयो । ईलाका प्रहरी कार्यालय बाँके कोहलपुरमा (एबिसी संचार) (खबर 24 नेपाल) (न्युज अनलाईन) सङको कुराकानीमा शनिबार प्रहरी प्रमुख डिएसपी खनालले प्रहरी संगठन भएको र विधिको शासनमा चल्ने भएकाले कसैको दवाव र प्रभावमा नपर्ने बताउनुभयो । नागरिकको सुरक्षा र समाजमा अमनचयन प्रहरीको पहिलो प्राथामिकता भएको उहाँले बताउनुभयो ।
अहिले कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेकाले सवैको ध्यान यसबाट जोगिन र सुरक्षित रहनतर्फ रहेको भन्दै यस बीचमा प्रहरीबाट मानवअधिकार हनन हुने खालका घटना घट्न नदिने उहाँले प्रतिबद्धता जनाउनुभयो । प्रहरीलाई गल्ती नगर्न निर्देशन दिइसकेको बताउनु भएका प्रहरी प्रमुख डिएसपी खनालले गल्ती गर्ने प्रहरीलाई पनि कानुन अनुसार कारबाही गरिने उहाँले चेतावनी दिनुभयो । ईलाका प्रहरी कार्यालय कोहलपुरमा भर्खरै मात्रै सरुवा भएर आउनुभएका डिएसपी खनालले आफ्नो एरिया क्षेत्रको विकृति विसंगति न्युनीकरण, अपराधिक क्रियाकलपाप न्युनीकरणमा जिल्लाका राजनीतिक दल, नागरिक समाज एवं सवैसंग मिडिया मार्फत आग्रह गर्नुभयो । नागरिकको सहयोगमा प्रहरी संगठन नै सफल हुने र प्रहरी सफल भएमा मात्र नागरिकले शान्ति सुरक्षा र अमनचयन अनुभूति गर्न पाउने भएकाले उहाँले सवैसंग सहयोग र समन्वयको अपेक्षा गर्नुभएको छ ।
अहिले कोरोना संक्रमण फैलिरहेको अवस्थामा सतक भएर लागिपर्ने बताउनुभयो । विकासमा कसैले पनि अवरोध पु¥याउन नहुने र विकासका अवरोधकलाई कानुन बमोजिम कारबाही हुने डिएसपी खनालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दुम्किबासको विनयी खोलाको नव निर्मित पुलबाट यातायातहरु सञ्चालनमा आयो, चितवन । नारायणगढ बुटवल सडक योजनाले उक्त पुल बिहीबारबाट सञ्चालनमा आउने जानकारी दिएको छ। ‘विनयी खोला पुलमा बुधबार कालोपत्रे सम्पन्न भएको छ । बजेदेखि नव निर्मित पुलबाट यातायात सञ्चालन हुनेछ,’ सडक योजनाले भनेको हो। गत पुस २६ गते अत्यधिक लोड बोकेको भारतीय ट्रकले उक्त पुलमा क्षति पुर्‍याएपछि डाइभर्सन […]

बैतडी । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी डम्बर बहादुर बि.क.लगायत प्रदेश स्थित अन्य सुरक्षा निकायका प्रमुख, बैतडी जिल्लाका जिल्ला स्थित सुरक्षा समितिका पदाधिकारीहरु सँग गृहमन्त्रीले छलफल तथा अन्तरक्रिया गर्दै जिल्लाको समग्र बस्तुस्थिती एवं सुरक्षाकर्मीहरुको परिचालनको बारेमा जानकारी लिई सुरक्षा निकायका प्रमुखहरुलाई शान्ति सुरक्षा अमनचयन कायम गर्ने बारे […]

कास्की । पोखरा नेपाल आयल निगमले ७५ करोड लागतमा विमानस्थल परिसरभित्र डिपो सञ्चालनमा ल्याएको हो । निगमका अनुसार ५५ वर्षको इतिहासमा पहिलो पटक शतप्रतिशत स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आधुनिक सुविधा सम्पन्न हवाई इन्धन डिपो निर्माण पूरा भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा आधुनिक र […]

error: Content is protected !!