०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नागढुङ्गा नौबिसे सुरुङ मार्गको करङ बुटवलमा बन्दैछन्

Logo
प्रकाशित आइतबार, फाल्गुण ०२, २०७७

ABC Sanchar
काठमाडौँ । नागढुङ्गा नौबिसे सुरुङ मार्ग नेपालमा प्रविधि हस्तान्तरणको परियोजना बनेको छ । प्रविधि हस्तान्तरणअन्तर्गत सुरुङका लागि आवश्यक करङ (रिब) बुटबलमा निर्माण भइरहेका छन् ।

प्राविधिकका अनुसार करङ भनेको सुरुङ खन्दा चट्टान फेला नपरेको कमजोर भूसंरचनालाई गुम्बज आकारमा ‚थायी संरचना बनाउन दिइने फलामे टेको हो।

यो टेकोसँगै कङ्क्रिटको प्रयोगले सुरुङलाई बलियो पारिन्छ । यससँगै कतिपय अवस्थामा फलामे बाकसको संरचना पनि आवश्यक हुन्छध्रनेपालमा सुरुङ निर्माणको परम्परा जलविद्युत् क्षेत्रमा मात्र छ ।

सडक निर्माणको इतिहासमा नै पहिलो पटक नागढुङ्गा–नौबिसे सडक खण्डमा सुरुङ खन्ने काम भइरहेको छ । जलविद्युत्का उपकरण निर्माण गर्ने कम्पनी नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेडले नेपालको पहिलो सुरुङ मार्गका लागि उपकरण निर्माण गर्ने अवसर पाएको हो ।

जापान सरकारको सहयोगमा निर्माण हुन लागेको सुरुङको काम चाहिँ जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले गरिरहेको छ । सुरुङ निर्माणको प्रविधि नेपालमा नितान्त नयाँ होध्र यसमा पनि अन्य निर्माणमा ज‚तै सिभिल, मेकानिकल र इलेक्ट्रिकललगायतका काम हुने गर्छ । सुरुङका लागि आवश्यक करङको उत्पादन मेकानिकल इन्जिनियरिङअन्तर्गतको काम हो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!