१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

बाँके प्रहरीले बहु बिवाह मुद्दामा कैद सजायका फरार २ अभियुक्त पक्राउ

Logo
प्रकाशित आइतबार, फाल्गुण ०२, २०७७

(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष प्रहरी टोलिले जिल्ला बाँके कोहलपुर नगरपालिका ४ निबुवा बस्ने बर्ष ३४ को जय बहादुर गिरी र ऐ.ऐ. बस्ने बर्ष ३३ की छायाँ गिरीलाई बहु बिवाह मुद्दामा सम्मानित जिल्ला अदालत बाँकेको मिति २०६८।०७।३० गतेको फेसलाले २ बर्ष कैद सजय भई फरार रहेका दुबै जनालाई पक्राउ गरी सम्मानित जिल्ला अदालत बाँकेमा बुझाईएको छ ।
हाल सम्म जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत प्रहरी कार्यालयबाट गरी जम्मा ५२९ जना फरार अभियुक्त पक्राउ परेका छन । यो अभियान निरन्तर चलिरहने बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

खेतीको समयमा बाँके जिल्लामा मलको चरम अभाव किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बाँके । पर्याप्त वर्षा नभएपछि मोटर र अन्य सिँचाइका माध्यमबाट धान रोपेका किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बढेको गुनासो गरेका छन् । बाँकेका किसानलाई वितरण गर्ने लक्ष्य अनुसारको रासायनिक मल प्राप्त नभएकाले मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड बाँकेका शाखा […]

मेष : दिन राम्रो छ। आज नयाँ मानिससँगको भेटले पुरानो कुराको सम्झना हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारमा संकेत देखिनेछन्। वैदेशिक रोजगारीमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहला। वृष : दिन सामान्य राम्रो छ। सम्पत्ति आर्जन भएपनि स्वास्थ्यमा समस्या हुँदा मन दुखी हुनेछ। शिक्षामा लगानी गरेको भए ढिलासुस्ती हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहला। […]

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

error: Content is protected !!