१३ साउन २०८३, बुधबार
29-07-2026 , Wed
×

वामदेव गौतमद्वारा नयाँ पार्टी नेकपा एकता राष्ट्रिय अभियान घोषणा

Logo
प्रकाशित सोमबार, फाल्गुण ०३, २०७७

ABC Sanchar
काठमाडौँ । राष्ट्रिय सभाका मनोनीत सांसद वामदेव गौतमले नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रीय समन्वय समिति र केन्द्रीय कार्यसम्पादन समितिलाई अन्तिम रूप दिएका छन् ।
गौतमले अभियानको सह–संयोजकमा हरि पराजुलीलाई तोकेका छन् । सचिवको जिम्मेवारी बाबुराम थापालाई दिइएको छ ।
गौतमले ‘पूर्व गुण्डा नाइके’ले परिचित एवम् गण्डकी प्रदेशका स्वतन्त्र प्रदेश सांसद दीपक मनाङे, मेनपावर व्यवसायी रघुनाथ पुरीलगायतलाई कार्यसमितिमा राखेका छन् ।
गौतमले केन्द्रीय कार्यसमितिमा आफ्नी पत्नी तुलसा थापालाई समेत राखेका छन् । गौतमले भ्रष्टाचार अभियोगमा सजाय पाएका व्यक्तिलाई पनि राखेका छन् । गौतमले विभिन्न जिल्लाहरूमा ईञ्चार्ज पनि तोकेका छन् ।
गौतमको कार्यसमितिमा गंगा चौधरी सत्गवा, इन्दिरा पन्त, डिबी कार्की, डोलबहादुर कार्की, ताजमोहम्मद मियाँ, तुलसी थापा मनोनीत भएका छन् । तुलसी थापा संयोजक गौतमकी पत्नी पनि हुन् ।
जग्गा कारोबारी प्रकाश आचार्यलाई पनि गौतमले कार्यसमितिमा राखेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगञ्जमा भएको तनाव र झडपपछि स्थिति बिग्रिएको थियो। अहिले सेना परिचालनसँगै अवस्था नियन्त्रणमा आएको छ। देवानगञ्जमा धार्मिक आस्था र सांस्कृतिक विषयलाई लिएर विवाद सुरु भएको थियो। त्यसपछि स्थानीय दुई पक्षबीच झडप, तोडफोड र आगजनीको घटना भयो। सेना परिचालन अशान्ति नियन्त्रण गर्न नेपाली सेनालाई परिचालन गरिएको छ। सशस्त्र र नेपाल प्रहरीसँगै संयुक्त गस्ती भइरहेको […]

सुनसरी । देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ। प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, […]

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

error: Content is protected !!