दाङ । पछिल्लो १-२ हप्तादेखि ग्यासको अभाव
र कालोबजारीको जनगुनासो बढेको थियो। लाइनमा बसेर पनि ग्यास नपाउने, डिलरमा स्टक छैन भन्ने तर बजारमा महँगोमा पाइने गुनासो आएपछि आज प्रशासन आफैं फिल्डमा ओर्लिएको हो।
जिल्ला प्रशासन कार्यालय दाङ स्थानीय सरकार* घोराही उपमहानगरपालिका नेपाल आयल निगमका प्रतिनिधि
घोराहीका ग्यास डिलरहरूमा। स्टक, बिल, वितरण सूची र कालोबजारी भएको छ कि भनेर चेक गरियो ।
आयल निगमका अनुसार माग बढेको, ढुवानीमा समस्या र केही डिलरले मौकाको फाइदा उठाएर स्टक लुकाएको हुनसक्छ। अनुगमन टोलीले त्यही पत्ता लगाउन खोजेको हो।
प्रशासनले नियम विपरित काम गर्ने डिलरलाई कारबाही गर्ने र उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। अब नियमित अनुगमन पनि हुने बताइएको छ ।