(ABC क्राईमबिट)
काठमाडौं । महानगरीय अपराध महाशाखा, बानेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको सरुवा भएको छ । उनका ठाउँमा एसएसपी चन्द्रकुबेर खापुङलाई जिम्मेवारी दिइएको छ।
सोमबार गृह मन्त्रालयले एसएसपी थापाको सरुवा भर्ना छनौट महाशाखामा गरेर खापुङलाई अपराध महाशाखाको जिम्मेवारी दिएको हो ।
त्यस्तै मन्त्रालयले एसएसपी मधुसुदन लुइँटेललाई लुम्बिनी प्रदेश र हरिराज वाग्लेलाई कार्य तथा अपराध अनुसन्धान विभागमा सरुवा गरेको छ ।