१४ साउन २०८२, बुधबार
30-07-2025 , Wed
×

दाङ प्रहरीले ६ किलो अफिमसहित १ र फरार रहेका १ गरी २ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०४, २०७७

(सागर थापा)
दाङ। जिल्ला प्रहरी कार्यालय दाङले ६ किलो १०० ग्राम लागू औषध अफिम सहित एक जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो २ बजे विशेष सुराकीका आधारमा मोहनजंग बुढाथापाको नेतृत्वमा गएको प्रहरी टोलीले संकास्पद रुपमा झोला बोकी हिडिरहेको अवस्थामा रोल्पा थवाङ गाउँपालिका वडा नं. ५ का ३८ बर्षीय प्रकाश घर्तीलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले घर्तीको साथबाट ८ वटा साना ठुला पोकामा रहेको ६ किलो १०० ग्राम लागु औषध अफिम जस्तो देखिने (कालो गिलो) पदार्थ, सामसुङ मोवाईल एक थान, प्रकाश घर्ती लेखेको आईडी कार्ड र मतदाता परिचयपत्र २ थान बरामद गरेको छ । साथै अबैध वन पैदावार ओसार पसारमा संग्नल एक प्रतिवादी पक्राउ गरी दाङ प्रहरीले सार्वजनिक गरेको छ । अबैध वन पैदावार ओसार पसार मुद्दामा फरार प्रतिवादी घोराही उपमहानगरपालिका वडा नम्वर ४ लक्ष्मीपुरका ३० वर्षिय विशाल विकलाई ६ वर्षपछि जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

दाङ देउखुरी जिल्ला अदालत घोराहीले २०७१ असार १२ मा गरेको फैसला अनुसार १४ दिन कैद र २९ हजार ४ सय रुपैया जरीवाना ठहर भई फरार रहेका विकलाई सोमबार प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभयो ।

पक्राउ गरिएका विकलाई दाङ देउखुरी जिल्ला अदालतमा पठाउने तयारी भैरहेको प्रहरीले जनाएको छ । यस्तै चालु आर्थिक वर्ष २०७७÷७८ को हालसम्म विभिन्न मुद्धामा फरार रहेका ४८ जना प्रतिवादीलाई प्रक्राउ गरी अदालतमा बुझाएको एसपी चंन्दले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार आईजीपी राजु अर्यालले हलचोक स्थित सशस्त्रको मुख्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । बढुवा समितिले असार ३२ मा वरिष्ठ उपरीक्षक (एसएसपी) बाट उनलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसको आधारमा गृहमन्त्री रमेश लेखकले उनलाई बढुवाको निर्णय गरेका हुन् । सशस्त्र प्रहरीको प्राविधिकतर्फ वरिष्ठ उपरीक्षक र […]

बाँकेमा एकजना असइले तस्करसंग केटी मिलाई दे भनेको अडियो रेकर्ड एबिसी संचार भन्डाफोर टिमलाई प्राप्त..

चीन घट्दो जन्मदरको समस्याको सामना गरिरहेको छ । उक्त समस्याको सामना गर्न चीनले एकभन्दा बढी बच्चा जन्माउँदा अनुदान दिने घोषणा गरेको छ। चीनले अब तीन वर्ष मुनिका बालबालिकाका लागि अभिभावकलाई प्रति बच्चा  ५०० रुपैयाँ वार्षिक अनुदान दिने भएको छ। यो अनुदान तीन बच्चाहरूको लागि १५०० सय डलरसम्म दिनेछ। चीनमा जन्मदर बढाउन सरकारले यो नीति घोषणा […]

error: Content is protected !!