०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

कपिलवस्तुमा १६ बर्षीया भान्जीलाई आफ्नै मामाले गरे बलात्कार

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०४, २०७७


(ABC क्राईमबिट)
कपिलवस्तु। शुक्रबार राति भान्जीलाई घर पुर्याउन मोटरसाइकलमा राखेर जाँदै गर्दा बाटोमा चर्पी गर्न भन्दै रोकेर मामाले बलात्कार गरेका हुन् ।

१६ बर्षकी भान्जी (पीडित किशोरी) कपीलवस्तुको विजयनगर गाउँपालिकाको लोहरौला गाउँमा लागेको मेला तथा सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी थिइन् । सोही कार्यक्रममा बसेर साँझ भएपछि जेठा मामाले कान्छा भाईलाई घर पुर्याउन लगाएका थिए ।

प्रहरीका अनुसार घरबाट दीदीले आफ्ना भाइलाई छोरीलाई घर पुर्याइ दिन आग्रह गरेकी थिइन् । र, जेठा भाईले कान्छो भाइलाई भान्जीलाई घर पुर्याइदिन आग्रह गरेका थिए । कान्छा मामासँग बाइकमा घर गएकी भान्जीले मामाबाटै बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कपीलवस्तुले जनाएको छ ।

प्रहरीले आइतबार नै मुद्धा परेको र पीडक मामालाई नियन्त्रणमा लिइसकेको जनाएको छ । पीडित भान्जीले दिएको बयानमा ट्याक्टरले सडक बिगारेका कारण बाटो बिग्रीएको भन्दै अर्कै बाटो लगेर खोला किनारमा पुर्याई राति बलात्कार गरेको बताएकी छन् ।

चर्पी गर्ने भन्दै मामाले बाइक रोकेको पनि पीडित किशोरीले बताएकी छन् । पक्राउ परेका मामाको सम्बन्धमा थप अनुशन्धान गरी कारवाही अघि बढाइने कपिलवस्तु प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!