२६ साउन २०८२, सोमबार
11-08-2025 , Mon
×

समाजसेवी जेनिशा बोहोरा टुहुरा बच्चाहरुको सहारा बन्दै

Logo
प्रकाशित बुधबार, फाल्गुण ०५, २०७७

 

ABC Sanchar
काठमाडौं । गत आईतवार मात्र कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा न ५ अन्डैया स्थानीय पुष्पान्जली सामुदायिक बनमा स्याउला ल्याउन गएकी कला धामीको बाघ आक्रमणमा परि ज्यान गएको थियो । २५ बर्षिया धामीको बाघको आक्रमणबाट मृत्यु भए पछि एफ.एम रेड्स्टारबाट स्थलगत रिपोर्टिङका लागि मृत्यक धामीको घरमा र आक्रमण गरेको स्थानमा गएर बनाईएको रिपोर्टिङ हेरेर वरिष्ठ समाजसेवी जेनिशा बोहोराले एफ.एम रेड्स्टार संग कुरा गुरा गर्दै मृत्यक धामीको घर अवस्था बुझ्नु भएको थियो । मृत्यक धामीका नाबालक सन्तान ३ छोरी र १ छोरा टुहुरा भएको खबर सुनाए पछि समाजसेवी बोहोराले दुई जना बच्चाको अभिभावक बन्ने भन्दै कक्षा १० सम्म पढाउने बताउनु भएको छ । समाजसेवी बोहोरा समाज सेवामा निकै सक्रिय छन । युवा समाजसेवि जेनिशा बोहोरा दुखी पिडतहरुको घाउको मलम बन्नु भएको छ। विभिन्न समयमा बिभन्न सँघ सँस्था र बिपत्तिमा परेका स्कुलले बच्चा देखि बिचल्ली परिवारकाे साहारा बन्दै आउनु भएको छ । मानविय मनकारि बोहोराबाट आज फेरि त्यस्तै मानवीय काम भएको छ । टुहुरा ४ जना बालबालिका मध्ये दुई जना टुहुराको साहारा बनेकी छन । लामो समय देखि सामाजिक सेवामा सक्रिय बोहोरा धेरैको साहारा बनि सकेकी छन । पुण्य कमाउन मन्दिर नै धाउनुपर्छ भन्ने भावना मात्र ठुलो कुरो होईन । समाज सेवा नै धर्म हो गरिब दुखी असाय बेशाहरा टुहुरा पीडित लगायत विभिन्न क्षेत्रमा सक्दो सहयोग गर्नु नै ठुलो धर्म हो। यस्तै भावनामा लिप्त हुनुहुन्छ जेनिशा बोहोरा , हाल काठमाडौमा बस्दै आउनु भएको छ।

दुई बच्चा अझै बिचल्लीमा परेका छन् सहयोग गर्न चाहाने व्यक्तिले मदन शाही ९८६२४८१६६४ र मृत्यक कला धामीकी दिदि देवीसरा खत्री ९८४८४१७७१३ मा सम्पर्क गर्नु होला ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कैलाली । केही महिनादेखि शान्ति–सुरक्षाको सट्टा अशान्ति र हिंसाको पर्याय बन्दै आएको जिल्ला कारागार कैलालीमा शुक्रबार राति फेरि रक्तपातमा परिणत भएको छ । केही महिना यता दुई समूहबीच चलिरहेको झडपको क्रम शुक्रबार राति हिंसात्मक हुँदा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय कैदी भरत चौधरीको ज्यान गएको हो । साथै ४७ जना कैदी घाइते भई सेती प्रादेशिक […]

  गाजा । क्षेत्रमा कुपोषणबाट थप ११ जनाको मृत्यु भएको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै गाजा क्षेत्रमा कुपोषणबाट मृत्यु हुनेको संख्या २१२ पुगेको छ । यीमध्ये ९८ जना बालबालिका छन् । इजरायली सेनाको कारबाही जारी रहेपछि गाजामा खाद्यान्नको संकट छ । भोकमरीसँगै कुपोषणको समस्या भयावह बनेको छ । स्वास्थ्य मन्त्रालले पछिल्लो २४ […]

काठमाडौं । हाम्रो घर परिवार समाज जहाँ पनि कालो चिया पिउन एकदमै मन पराइन्छ प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईंलाई थाहा छ ? केही व्यक्तिहरुका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । डाक्टर तथा विशेषज्ञको भनाईअनुसार अनिद्राको शिकार र अत्यधिक तौल भएका व्यक्तिले […]

error: Content is protected !!