०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङ प्रहरीले लाखौं मुल्य वरावरको रिचार्जकार्ड सहित एकजना पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण ०५, २०७७

(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले एक लाख रुपैया वरावरको रिचार्ज कार्डसहित नगद २० हजार रुपैया चोरी गर्ने एक जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । बंग्लाचुली गाउँपालिका वडा नंम्वर ३ कमिरेचौरमा रहेको दाजुभाई जनरल स्टोर्सबाट गत माघ १ गते राति १ बजे चोरी भएको थियो । स्टोर्सका सञ्चालक कमलाल पौडेलले जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदनका आधारमा चोरीमा संलग्न बंग्लाचुली ४ का १८ वर्षिय ईन्द्र गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चोरी भएका रिचार्जकार्डहरुको सिरियल नम्बरको आधारमा सम्बन्धित दुरसञ्चार कार्यालयसंग समन्वय गरी दोषिलाई पक्राउ गर्न सफल भएको छ । दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धानको क्रममा चोरीमा संलग्न गिरीको घरकोठा खानतलासी गर्दा रिचार्जकार्ड तथा घर फोर्ने औजार वरामत गरिएको उहाँले जानकारी दिनुभयो ।

गिरी घरमा खान तलासी गर्दा एनसिएलका ५० रुपैया वरावरको ७ सय २३ थान, १०० रुपैया वरावरको १ सय थान र ५०० रुपैया वरावरको २५ थान रिचार्ज कार्ड वरामत गरिएको हो । यस्तै एनटिसीका ५० रुपैया वरावरको १ सय ५१ थान र १०० रुपैया वरावरको ६९ थान रिचार्ज कार्ड वरामत गरिएको प्रहरीले जनाएको छ ।

१ लाख रुपैया वरावरको रिचार्ज कार्ड सहित नगद २० हजार रुपैया चोरी भए पनि गिरीको साथबाट ६१ हजार ८ सय ५० रुपैया वरावरको रिचार्ज कार्डमात्रै प्रहरीले वरामत गरिएको जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!