२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मोटरसाइकल चोरीमा संग्लन गिरोहका ७ जना पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण ०५, २०७७

 

(ABC क्राईमबिट)
काठमाडौं भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले मोटरसाइकल चोरीमा संग्लन गिरोहका ७ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । परिसरका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार ओखलंढुगा जिल्ला प्रहरीसँग समन्वय गरेर मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरिएको छ ।

 

पक्राउ पर्नेमा ओखलढुंगा लिखु गाउँपालिका–९ बस्ने वर्ष २२ का कुलबहादुर तामाङ, खिजी देम्बा गाउँपालिका–२ बस्ने वर्ष २८ कोपञ्चमान तामाङ र लिखु गाउँपालिका–९ बस्ने वर्ष २४ को गोविन्द गौतम रहेका छन् । उनीहरुले सुर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने किसन थापाले आफ्नै घर कम्पाउण्डमा राखेको प्रदेश नं ३–०२–०१० प ७१४१ नम्बरको मोटरसाइकल चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी सोही समूहले बाराही स्थानको उकालो बाटोस्थित गणेश स्कुल नजिक डेरा गरी बस्ने पेम्बा तामाङले डेरा कोठा अगाडिबाट प्रदेश २–०२० प ८८२७ नं. चोरी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । फागुन ४ गते भक्तपुर नगरपालिका–७ स्थित आदर्शचोकमा चेकजाँचको क्रममा बा. ९८ प. ८९६४ नं. हरि गोविन्द शिल्पकारको नाममा रहेको मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

‘दोलखा शैलुङ गाउँपालिका–४ घर भई हाल ललितपुर धोबिघाट बस्ने वर्ष २७ का अभिषेक योञ्जन र शैलुङ गाउँपालिका–६ घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक बस्ने वर्ष १९ का सुमन नेपालीलाई पक्राउ गरिएको छ,’ डीएसपी गिरीले भने ।

४ गतेनै मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ स्थित अरनिको राजमार्गमा प्रदेश ३–०२–०१७ प. ७०४८ नं. को २२० सि.सि.को कुमार श्रेष्ठको नाममा रहेको मोटरसाइकल चोरी गरेर लादै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी निरिक्षक सुदन केसीको कमाण्डको प्रहरी टोलीले दोलखा शैलुङ गाउँपालिका–२ घर भई सूर्यविनायकमा बस्ने वर्ष २३ का फुर्वा तामाङ र उसको साथी वर्ष २१ का राजु तामाङलाई पक्राउ गरेको हो । उल्लेखित चारवटै मोटरसाइकलहरु जिल्लाका भिन्न भिन्न स्थान र समयमा माथि उल्लेखित अभियुक्तहरुले चोरी गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको डीएसपी गिरीले बताए । सम्बन्धित मोटरसाइकल धनीहरु समेतबाट किटानी जाहेरी दरखास्त प्राप्त हुन आएको हुँदा कानून बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!