०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

काठमाडौंको खुलामञ्च डोजर लगाएर हटाइयो संरचना

Logo
प्रकाशित बुधबार, फाल्गुण ०५, २०७७

ABC Sanchar
काठमाडौं । महानगरपालिकाले खुलामञ्च खुला गर्न थालेको छ । खुलामञ्चमा १२ वैशाख २०७२ को भूकम्पपछि निर्माण सामग्री थुपारिएको थियो ।

राष्ट्रिय महत्वको संरचना मानिएको दरबार हाइस्कुलको पुनःनिर्माण सम्पन्न भएको र वीर अस्पतालको निर्माण पनि सम्पन्न हुने चरणमा पुगेपछि खुलामञ्चमा थुपारिएका निर्माण सामग्री हटाउन थालिएको हो ।

यस्तै, दरबार हाइस्कुल र वीर अस्पतालको निर्माणका लागि बनाइएका ‘साइट अफिस’हरु पनि हटाउन थालिएको छ ।दरबार हाइस्कुल र वीर अस्पताल निर्माणका लागि अनुमति लिएरै साइट अफिसहरु बनाइएको थियो । तर, केही संरचनाहरु भने अतिक्रमण गरेर बनाइएको पाइएको र ती संरचनाहरु डोजर लगाएर हटाइको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

अब खुलामञ्चलाई पूर्ववतः रुपमा सञ्चालन गर्ने आवश्यक सबै कार्यहरु गरिने काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाका अनुसार रत्नपार्कदेखि सैनिक मञ्चसम्म खुलामञ्चको कुल क्षेत्रफल ५८ रोपनी छ । ५८ रोपनीको झण्डै आधा भागमा अस्थायी रुपमा बसपार्क सञ्चालन गरिएको छ । पुरानो बसपार्कमा विजेश टावर निर्माण गर्न थालिएपछि बसपार्कलाई खुलामञ्चमा सारिएको थियो ।

पुरानो बसपार्कमा निर्माण भइरहेको बिजनेश टावरको काम सकिन अझै समय लाग्ने भएकाले खुलामञ्चबाट बसपार्क भने तत्कालै हट्ने सम्भावना छैन ।

यद्यपि पछिल्लो समय बढेका राजनीतिक गतिविधिसँगै सभा आयोजना गर्ने स्थानको अभाव भएकाले छिटोभन्दा छिटो खुलामञ्च खाली गरिने काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!