०५ आश्विन २०८३, सोमबार
21-09-2026 , Mon
×

शुक्रबारदेखि बाँकेमा अन्तर पुनःस्थापना मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता शुरु

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०७, २०७७

(महेन्द्र सिंह)
बाँके । नेपालगञ्ज र कोहलपुरमा रहेका पुनःस्थापना केन्द्रहरुमा बसिरहेकाहरुको सहभागिता रहेको प्रतियोगिता भोलिसम्म चल्नेछ । बाँके जिल्ला व्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके र सामुदायिक प्रहरी सेवा केन्द्रको समन्वयमा भइरहेको प्रतियोगिताको उद्घाटनमा बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर राना, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशी, बाँके जिल्ला व्याडमिन्टन संघका अध्यक्ष सञ्जय थापा लगायतले बोल्नुभएको थियो ।

बक्ताहरुले लागूऔषधको दुब्र्यसनीमा फसेकालाई सही मार्गमा ल्याउने माध्यम खेलकुद भएको बताउँदै पुनःस्थापना केन्द्रमा रहेकाहरुलाई खेलकुदका माध्यमबाट सकारात्मक, सबल र जागरुक बनाउन प्रतियोगिता सफल हुने विश्वास व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा […]

दाङ । घोराहीबाट लमही जाने सडकखण्ड अन्तर्गत बेल्दमारको पहिलो घुम्तीनेर रातिको समयमा पाटे बाघ देखिएको छ। ट्रकलाई ओभरटेक गर्ने क्रममा पाटे बाघले झम्टिनबाट मुस्किलले ज्यान जोगिएको प्रत्यक्षदर्शीले बताएका छन्। साँझपख उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन दाङ प्रहरीले सबैमा अनुरोध गरेको छ।

दाङ । घोराही विश्व शान्ति दिवस–२०२६ को अवसरमा ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र, दाङमा प्राकृतिक विपद्का कारण दिवंगत भएका आत्माहरूको शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। ‘सबैका लागि, जहाँसुकै, हरेक दिन शान्तिमा लगानी गरौँ’ भन्ने यस वर्षको शान्तिको सन्देशसहित सोमबार २०८३ असोज ५ गते (२१ सेप्टेम्बर २०२६) कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल […]