०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

शुक्रबारदेखि बाँकेमा अन्तर पुनःस्थापना मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता शुरु

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०७, २०७७

(महेन्द्र सिंह)
बाँके । नेपालगञ्ज र कोहलपुरमा रहेका पुनःस्थापना केन्द्रहरुमा बसिरहेकाहरुको सहभागिता रहेको प्रतियोगिता भोलिसम्म चल्नेछ । बाँके जिल्ला व्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके र सामुदायिक प्रहरी सेवा केन्द्रको समन्वयमा भइरहेको प्रतियोगिताको उद्घाटनमा बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर राना, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशी, बाँके जिल्ला व्याडमिन्टन संघका अध्यक्ष सञ्जय थापा लगायतले बोल्नुभएको थियो ।

बक्ताहरुले लागूऔषधको दुब्र्यसनीमा फसेकालाई सही मार्गमा ल्याउने माध्यम खेलकुद भएको बताउँदै पुनःस्थापना केन्द्रमा रहेकाहरुलाई खेलकुदका माध्यमबाट सकारात्मक, सबल र जागरुक बनाउन प्रतियोगिता सफल हुने विश्वास व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!