०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

पुर्वप्रधानमन्त्री भट्टराई स्वास्थ्यमा एकासी समस्या देखिए पछी भारत जाँदै

Logo
प्रकाशित आइतबार, फाल्गुण ०९, २०७७

ABC Sanchar
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि आज भारत जान लागेका छन् ।

यसअघि काठमाडौंको निदान अस्पतालमा भट्टराईले उपचार गराएका थिए।

पेटमा समस्या देखिएकाे र न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका गरीएपछि चिकित्सकहरूकै सल्लाहमा उनी स्वास्थ्य उपचारका लागि भारत जान लागेका छन्।

नेपाल बायुसेवा निगमको जहाजबाट भट्टराई भारतको नयाँ दिल्ली जान लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

उनको उपचार दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा हुने र उपचारका लागि दिल्लीमा रहँदा भट्टराईको बसोबास त्यहाँ रहेको नेपाली दूतावासमा हुने बताइएकाे छ। भट्टराईसँगै उनकी श्रीमती हिसिया यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे दिल्ली जान लागेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन डा. सुरेन्द्र थापाका अनुसार नेपाली नागरिकले भारतीय विमानस्थलमा पासपोर्ट देखाएर भोडाफोन वा एयरटेलजस्ता टेलिकम प्रदायकका काउन्टरबाट सीमकार्ड लिन सक्ने व्यवस्था भएको छ। “भारतले पछिल्लो समय आधिकारिक कागजात देखाएर सीमकार्ड उपलब्ध गराउने नीति ल्याएको छ,” थापाले जानकारी दिँदै भने, “अब नेपाली नागरिकले पासपोर्ट देखाएर सहजै तीन महिनाको […]

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा बिहीबार आयोजित एक कार्यक्रमबीच मेट्रो ट्राफिक एफ. एम. ९५.५ मेगाहर्जको १३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले ट्राफिक एफ.एम.सँग सहकार्य गरी जनचेतनामूलक सूचना, सन्देश तथा रेडियो सामग्री प्रसारण गर्न मद्दत गर्ने विज्ञापन दाता तथा सूचना दाताहरूलाई कदरपत्र प्रदान गरी […]

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्वागत गर्नुभएको थियो । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित […]

error: Content is protected !!