१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

दाङमा प्रधानमन्त्री वलीले उद्घाटन गरेको पुलको शिलालेख तोडफोड

Logo
प्रकाशित आइतबार, फाल्गुण ०९, २०७७


ABC Sanchar
दाङ । सिसहनिया महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको शिलालेख तोडफोड भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै माघ १२ गते उद्घाटन गरेको पुलको शिलालेख तोडफोड भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले एबिसी संचार र खबर 24 नेपाललाई बताए ।

प्रधानमन्त्री ओलीले माघ १२ गते शिलालेख अनावरण गर्दै राप्ती पुल उद्घाटन गरेका थिए । सुरक्षाको कारण देखाउँदै उद्घाटन कार्यक्रममा स्थानीयलाई निषेध गरिएको थियो । शिलालेख लेख्नेक्रममा त्रुटि भएको भन्दै तीन दिन अगाडि तोडफोड भएको बताइएको छ । शिलालेख तोडफोड गर्नेको पहिचान हुन नसकेको दाङ प्रहरीले जनाएको छ ।

शिलालेखमा लेख्नेक्रममा त्रुटि भएको भन्दै प्रधानमन्त्रीले उद्घाटन गरेको पुलको शिलालेख तीन दिन अघि नै तोडफोड भएको कुरा आएको छ, कसले तोडफोड ग¥यो भन्ने थाहा भएन भने प्रहरी २४ सै घण्टा त्यहाँ बस्ने कुरो भएन, अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् ।’उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । पुलको धेरैजसो भाग महदेवाको मौजामा बने पनि शिलालेखमा महदेवाको नामै नलेखिएको भन्दै पुल उद्घाटन हुने दिनदेखि नै स्थानीय रुष्ट बनेका थिए । उनीहरुले शिलालेख सच्याउन स्थानीय जनप्रतिनिधिमार्फत् दबाव दिँदै आए पनि त्यो नभएपछि शिलालेख तोडफोड भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने सो पुल ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको छ । पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

मेष : दिन सामान्य छ। हरेक कुरामा सचेत बन्नुपर्ने छ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ। विपक्षीको साथ मिल्नेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। विज्ञको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ। वृष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। धन बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन : […]

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

error: Content is protected !!