०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

दाङमा प्रधानमन्त्री वलीले उद्घाटन गरेको पुलको शिलालेख तोडफोड

Logo
प्रकाशित आइतबार, फाल्गुण ०९, २०७७


ABC Sanchar
दाङ । सिसहनिया महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको शिलालेख तोडफोड भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै माघ १२ गते उद्घाटन गरेको पुलको शिलालेख तोडफोड भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले एबिसी संचार र खबर 24 नेपाललाई बताए ।

प्रधानमन्त्री ओलीले माघ १२ गते शिलालेख अनावरण गर्दै राप्ती पुल उद्घाटन गरेका थिए । सुरक्षाको कारण देखाउँदै उद्घाटन कार्यक्रममा स्थानीयलाई निषेध गरिएको थियो । शिलालेख लेख्नेक्रममा त्रुटि भएको भन्दै तीन दिन अगाडि तोडफोड भएको बताइएको छ । शिलालेख तोडफोड गर्नेको पहिचान हुन नसकेको दाङ प्रहरीले जनाएको छ ।

शिलालेखमा लेख्नेक्रममा त्रुटि भएको भन्दै प्रधानमन्त्रीले उद्घाटन गरेको पुलको शिलालेख तीन दिन अघि नै तोडफोड भएको कुरा आएको छ, कसले तोडफोड ग¥यो भन्ने थाहा भएन भने प्रहरी २४ सै घण्टा त्यहाँ बस्ने कुरो भएन, अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् ।’उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । पुलको धेरैजसो भाग महदेवाको मौजामा बने पनि शिलालेखमा महदेवाको नामै नलेखिएको भन्दै पुल उद्घाटन हुने दिनदेखि नै स्थानीय रुष्ट बनेका थिए । उनीहरुले शिलालेख सच्याउन स्थानीय जनप्रतिनिधिमार्फत् दबाव दिँदै आए पनि त्यो नभएपछि शिलालेख तोडफोड भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने सो पुल ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको छ । पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!