०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

बाँके ट्राफिकले भेरी अस्पताल अगाडि पार्किङ गरे जरिवाना गर्ने

Logo
प्रकाशित सोमबार, फाल्गुण १०, २०७७

 

(महेन्द्र सिंह)
बाँके । नेपालगन्जको भेरी अस्पताल अगाडि पार्किङ गरे जरिवाना तिर्नुपर्ने भएको छ। अस्पताल अगाडि जथाभावी सवारीसाधन पार्किङ गरेर अस्तब्यस्त रुपमा छोडिएका आधा दर्जन मोटरसाइकललाई बाँके ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरीले जिल्ला प्रशासन कार्यालय बाँके,भेरी अस्पताल, मालपोत र नापी कार्यालय अगाडि पार्किङ गरे जरिवाना गरिने बताएको छ ।जथाभावी पार्किङ गरेको जनगुनासो आएपछि बाँके ट्राफिक प्रहरीले त्यहाँ हुँदै आएको अब्यबस्थित पार्किङलाई रामलिला मैदानमा सारेको नेपालगन्ज जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा […]

दाङ । घोराहीबाट लमही जाने सडकखण्ड अन्तर्गत बेल्दमारको पहिलो घुम्तीनेर रातिको समयमा पाटे बाघ देखिएको छ। ट्रकलाई ओभरटेक गर्ने क्रममा पाटे बाघले झम्टिनबाट मुस्किलले ज्यान जोगिएको प्रत्यक्षदर्शीले बताएका छन्। साँझपख उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन दाङ प्रहरीले सबैमा अनुरोध गरेको छ।

दाङ । घोराही विश्व शान्ति दिवस–२०२६ को अवसरमा ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र, दाङमा प्राकृतिक विपद्का कारण दिवंगत भएका आत्माहरूको शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। ‘सबैका लागि, जहाँसुकै, हरेक दिन शान्तिमा लगानी गरौँ’ भन्ने यस वर्षको शान्तिको सन्देशसहित सोमबार २०८३ असोज ५ गते (२१ सेप्टेम्बर २०२६) कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल […]