०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

कोहलपुर प्रहरीले दुईथान चरी बाघको छाला सहित ३ जना पक्राउ

Logo
प्रकाशित सोमबार, फाल्गुण १०, २०७७

(महेन्द्र सिंह)
बाँके । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको बिशेष टोलिले राप्तिसोनारी गाउँपालिका वडा नं. १ कुसुमबाट दुई थान चरि बाघको छाला सहित ३ जना पक्राउ परेका छन । आईतबार साझ खटिएको प्रहरीको बिशेष टोलिले डि भैरहेको समयमा पक्राउ गर्न सफल भएको हो । दुर्लभ मानिएको चरि बाघको छाला सहित सल्यान जिल्ला कुमाख गाउँपालिका वडा नं. ७ बस्ने बर्ष २३ को कमल डि.सी, ससोहि गाउाँपालिका बस्ने बर्ष २४ को हिमेन्द्र वली र सल्यान जिल्ला बाघचौर नगरपालिका वडा नं. ३ बस्ने बर्ष ३१ को जित बहादुर डि.सी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिए । पक्राउ परेका ब्यक्तिहरुलाई थप अनुसन्धान भैरहेको समेत डिएसपी खनालले बताए ।
इप्रका कोहलपुरले केहि समय अघिमात्र दुई थान रेड पाण्डाको छाला, दुई मुखे सर्प पक्राउ गर्न सफल भएको छ । प्रहरीको सक्रियता संगै इलाका प्रहरी कार्यालय कोहलपुरमा डिएसपी खनाल आए देखि विभिन्न खाली अपराधीक घटनाहरु नियन्त्रण गर्न सफल भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!