०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

शान्ति सुरक्षा कायम गर्न प्रतिवद्ध छु इप्रका कोहलपुर डिएसपी: खनाल

Logo
प्रकाशित मंगलबार, फाल्गुण ११, २०७७


(सागर थापा)
बाँके । कोहलपुरमा केही महिना अघि मात्रै कार्यभार सम्हालेका बाँके कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले शान्ति सुरक्षा कायम गर्न आफू प्रतिवद्ध भएको बताएका छन् ।
ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा एबिसी संचार र खबर 24 नेपालसँग कुराकानी गर्दै डिएसपी खनालले नेपाल सरकार र विद्यमान ऐन कानुनले दिएको जिम्मेवारी आफ्नो बलबुताले भ्याएसम्म पूरा गर्दै आफ्नो क्षेत्रमा शान्ति सुरक्षा कायम राख्ने बताएका हुन् । केही महिना भो बाँकेको कोहलपुर आएर कार्यभार सम्हालेको छु, मैले यस्तो गर्छु, उस्तो गर्छु भनेर भन्दिनँ डिएसपी खनालले भने काम गरेर देखाउने हो मैले सकेसम्म राम्रो गर्ने प्रयास गर्नेछु । समाजमा नकारात्मक सोच हावी हुँदै गएकाले यसको समाधान गर्नुपर्नेमा खनालले जोड दिए । ‘समाज नकारात्मकतातर्फ उन्मुख हुँदैछ भने यो डरलाग्दो रोग हो, यसलाई सुधार गर्नु आजको प्रमुख चुनौती हो । प्रविधिमैत्री प्रहरी आजको आवश्यकता भएको डिएसपी खनालले बताएका छन् । कोहलपुरको मुख्य शहरी क्षेत्रमा राखिएका अधिकांश सिसी क्यामेरा बिग्रिएका भन्दै तिनीहरुको मर्मतसम्भार हुनुपर्नेमा जोड दिए । ‘सिसी क्यामेराले अपराध अनुसन्धानमा सघाउँछ, तर अधिकांश सिसी क्यामेरा बिग्रिएको अवस्थामा रहेका छन्’ अधिकारीले भने, अपराध नियन्त्रणमा सिसी क्यामेरा प्रयोग हुनेगरी काम अगाडि बढाउनुपर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!