१३ साउन २०८२, मंगलबार
29-07-2025 , Tue
×

धनुषा प्रहरीले २५ लाख रुपैयाँसहित दुईजना हुण्डी कारोबारी पक्राउ

Logo
प्रकाशित मंगलबार, फाल्गुण ११, २०७७

ABC (क्राईमबिट)
धनुषा । साढे २५ लाख रुपैयाँ रकमसहित धनुषाबाट दुईजना हुण्डी कारोबारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरी बस्ने टेन्ट व्यवसायी संजय साह र भारत पिपरौनका सुमित यादव रहेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

उनका अनुसार साढे २५ लाख रुपैयाँ लिएर भारत तर्फ जाँदै गर्दा विशेष सूचनाको आधारमा दुवै जनालाई जटही नाकाबाट पक्राउ गरिएको हो ।

भारतीय नम्बरप्लेटको मोटरसाइकलमा गइरहेको बेला नगदसहित पक्राउ परेका दुवै जनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको उपरीक्षक रानाभाटले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष -शत्रु माथि विजय मिल्नेछ। तर घरमा विवादको सम्भावना छ — बोलीमा संयमता राख्नुहोस्। यात्रामा सावधानी अपनाउनु राम्रो। वृष -काममा प्रतिस्पर्धा बढ्न सक्छ तर तपाईंको दृढता प्रशंसनीय हुनेछ। स्वास्थ्यमा सुधार आउला। प्रेम वा सन्तानको विषयमा राम्रो संकेत छ । मिथुन -सन्तान वा घर परिवारको विषयमा गम्भीर निर्णय लिनुपर्ने समय हो। तर्क र भावना दुवै सन्तुलनमा […]

सुनसरी । इटहरीका एक युवकको धरानस्थित तीनकुने प्रहरी चौकीमा हिरासतमै भएको मृत्युलाई मृतकको परिवारले भने हत्या भएको दाबी गरेको छ । चेकजाँचको क्रममा प्रहरीको निर्घात कुटपिटबाट २० वर्षीय युवराज निरौलाको ज्यान गएको भन्दै परिवारले घटनाको निष्पक्ष छानबिन नभएसम्म शव नबुझ्ने अडान लिएको छ । सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले भने लागुऔषधको ओभर डोज […]

काठमाडौं । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका-२ का २८ वर्षीय राजु लामा छन् । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनले आफू काठमाडौँ महानगरपालिकाको फोहरमैलाको कर्मचारी भएको बताउँदै १३ लाख २५ हजार रुपैयाँ उठाएको पाइएको प्रहरीले बताएको छ । उनी नक्कली कर्मचारी रहेको खुलेको छ । उनीबाट विभिन्न रसिदहरू समेत […]

error: Content is protected !!