०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

सशस्त्र प्रहरीले ७ वटा मोटरसाइकल सहित तस्कर बोइलर खुकुरा पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण १२, २०७७

(महेन्द्र सिंह)
बाँके । सशस्त्र प्रहरीले बाँकेको डुडुवा गाउँपालिकाबाट धेरैको संख्यामा मोटरसाइकल, तस्करहरुसहित ठुलो परिमाणमा खुकुरा बरामद गरेको छ। सशस्त्र प्रहरीको खडैचा बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक हिमाल केसीको कमान्डमा गएको टोलीले आज बिहान ३ बजे डुडुवा गाउँपालिका वडा नम्बर १ पाँजाबाट पाँच क्विन्टल भारतबाट आउँदै गरेको अवैध कुखुरा बरामद गरेको छ। सशस्त्र प्रहरी निरीक्षक केसीको कमान्डले खुकुरासहित ७ वटा मोटरसाइकल र ७ जना तस्करहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।बरामद गरिएको सबै अवैध सामाग्रीको मूल्य साढे ४ लाख बढीको रहेको सशस्त्र प्रहरीले जनाएको छ। आज बिहान बरामद गरिएका अवैध खुकुरा,मोटरसाइकलसहित सातै जना तस्करहरुलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार बुझाइएको सशस्त्र प्रहरीले बताएको छ। सशस्त्र प्रहरी निरीक्षक केसीलाई बिशेष सूचना आए पश्चात् रातभरको कडा अपरेशनले तस्करहरुसहितलाई पक्राउ गरेको हो। सशस्त्र प्रहरीको खडैचा बिओपीले आफ्नो मातहतको ईलाकामा तस्करीविरुद्ध बिशेष निगरानी गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!