०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सशस्त्र प्रहरीले ७ वटा मोटरसाइकल सहित तस्कर बोइलर खुकुरा पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण १२, २०७७

(महेन्द्र सिंह)
बाँके । सशस्त्र प्रहरीले बाँकेको डुडुवा गाउँपालिकाबाट धेरैको संख्यामा मोटरसाइकल, तस्करहरुसहित ठुलो परिमाणमा खुकुरा बरामद गरेको छ। सशस्त्र प्रहरीको खडैचा बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक हिमाल केसीको कमान्डमा गएको टोलीले आज बिहान ३ बजे डुडुवा गाउँपालिका वडा नम्बर १ पाँजाबाट पाँच क्विन्टल भारतबाट आउँदै गरेको अवैध कुखुरा बरामद गरेको छ। सशस्त्र प्रहरी निरीक्षक केसीको कमान्डले खुकुरासहित ७ वटा मोटरसाइकल र ७ जना तस्करहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।बरामद गरिएको सबै अवैध सामाग्रीको मूल्य साढे ४ लाख बढीको रहेको सशस्त्र प्रहरीले जनाएको छ। आज बिहान बरामद गरिएका अवैध खुकुरा,मोटरसाइकलसहित सातै जना तस्करहरुलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार बुझाइएको सशस्त्र प्रहरीले बताएको छ। सशस्त्र प्रहरी निरीक्षक केसीलाई बिशेष सूचना आए पश्चात् रातभरको कडा अपरेशनले तस्करहरुसहितलाई पक्राउ गरेको हो। सशस्त्र प्रहरीको खडैचा बिओपीले आफ्नो मातहतको ईलाकामा तस्करीविरुद्ध बिशेष निगरानी गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!