१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

प्रहरीको थुनुवामै मृत्यु नन्दलालको शव ३ दिनपछि परिवारले बुझे

Logo
प्रकाशित बुधबार, फाल्गुण १२, २०७७

(तेज वली)
दाङ । प्रहरीको थुनुवा कक्षमै मृत्यु भएका रोल्पाका एक व्यक्तिको शब तीन दिन पछि मंगलवार परिवारले बुझेर लगेका छन् । रोल्पाको गंगादेव गाउँपालिकामा पुर्खेउली घर भइ पछिल्लो समय दाङको तुलसीपुरमा बस्दै आएका ४४ बर्षीय नन्दलाल वलीको फागुन ९ गते थुनुवा कक्षमै रहेको समयमा इलाका प्रहरी कार्यालय तुलसीपुरमा मृत्यु भएको थियो ।

वलीलाई कान्छी श्रीमतिको निवेदनका आधारमा ८ गते राति प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी तुलसीपुरको बाहिनी चोकमा बिगत १७ बर्षदेखि संगै बस्दै आएका थिए । इप्रका तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहका अनुसार अत्यधिक मदिरा सवेन गरि वलीले उक्त दिन श्रीमति र छोरीमाथि समेत हातपात तथा कुटपिट गर्न थालेको भन्दै श्रीमतिले राति आँफै उच्च अदालतमा पुगेर सुरक्षा मागेपछि वलीलाई नियन्त्रणमा लिनु परेको जानकारी दिएका थिए ।

त्यही सूचनाको आधारमा प्रहरीले वलीलाई राति साढे ९ बजेतिर बाहिनी चोकस्थित उनको कोठाबाट नियन्त्रणमा लिइ इप्रका पु¥याएको थियो । वलीले इप्रका समेत गाली गलौज र हो–हल्ला गरेको प्रहरीले बताएको थियो । थुनुवा कक्षमा कराउँदा कराउँदै उनी बिहान दूई बजेतिर निदाएको र बिहान साढे ६ बजेतिर उठेर हेर्दा संगै सुतेका अन्य थुनुवाले वलीलाई घारघार घुरघुर गरेको देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

त्यसपछि तत्कालै प्रहरीले वलीलाई नजिकै रहेको राप्ती प्रादेशिक अस्पताल पु¥याएको थियो । तर, त्यहाँ पु¥याउनासाथ चिकित्सकले वलीलाई मृत घोषणा गरेको डिएसपी सिंहले जानकारी दिएका थिए । मृतका आफन्त र परिवारका सदस्यले शव बुझ्न तथा पोष्ट मार्टम गर्न समेत दिइरहेका थिएनन् ।

त्यसैले मंगलबार प्रहरीको पहरामा पोष्ट मार्टम भएको थियो । पीडित पक्षले कान्छी श्रीमतिमाथि आशंका व्यक्त गर्दै उनका बिरुद्ध किटानी जाहेरी दिएपछि मात्रै शवको पोष्टमार्टम गर्नुपर्ने माग गरेका थिए भने प्रहरीले जाहेरी बुझे संगै पोष्टमार्टम सुरु गरेको थियो ।

अन्तिममा कान्छी श्रीमति र जेठी श्रीमति दुबैले घटना अनुसन्धानको लागि प्रहरीमा निवेदन दर्ता गराएको प्रहरीले जनाएको छ ।

मृतक वलीकी जेठी श्रीमति तथा उनका आफन्तले कान्छी श्रीमति प्रति आशंका व्यक्त गर्दै उनलाई पक्राउ गर्न माग गर्दै आएको भएपनि प्रहरीले भने वलीको प्रहरी थुनुवा कक्षमै मृत्यु भएको हुँदा कसरी कान्छी श्रीमतिलाई पक्राउ गर्ने ? भन्ने प्रश्न गर्दैै आएको थियो । डिएसपी सिंहले इप्रका भित्रेको घटना भए बरु प्रहरी बिरुद्ध उजुरी दिन आग्रह गरेको बताए ।

अन्तिममा वलीको तुलसीपुरस्थित सम्पत्ति जेठी श्रीमतिलाई पनि भागबण्डा दिनुपर्ने माग अघि सारेका थिए ।

रोल्पाबाट आएका मृतक वलीकी जेठी श्रीमति आफन्त, मृतकका बुवा, भाइ, गंगादेब गाउँपालिकाका अध्यक्ष लगाएतका बीचमा उक्त बिषयमा परिवारका सदस्यहरु बसेर मिलाउने भन्ने समझ्दारी भएपछि तीन दिन पछि वलीको शव परिवार जनले बुझेका हुन ।परिवारले शव बुझेर लगेपछि इप्रकामा तीनदेखि हुँदै आएको तनाबको अन्त्य भएको मानिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका-२ का २८ वर्षीय राजु लामा छन् । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनले आफू काठमाडौँ महानगरपालिकाको फोहरमैलाको कर्मचारी भएको बताउँदै १३ लाख २५ हजार रुपैयाँ उठाएको पाइएको प्रहरीले बताएको छ । उनी नक्कली कर्मचारी रहेको खुलेको छ । उनीबाट विभिन्न रसिदहरू समेत […]

काठमाडौं । राजनीतिक कार्यक्रमका क्रममा देशका विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाइ पूर्वप्रधानमन्त्री नेपालले वारेस राख्ने अनुमति मागेर विशेष अदालतमा निवेदन दिएका थिए । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले वारेश राख्ने सुविधा दिन अस्वीकार गरेको हो । कुनै व्यक्तिले निश्चित कामका लागि आफ्नो अधिकार दिई खटाएको व्यक्तिलाई वारेश भनिन्छ । अदालतमा […]

  रुपन्देही । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका अनुसार मृत्यु हुनेमा ९८ पुरुष र २३ महिला रहेका छन् । गत आर्थिक वर्षमा जिल्लामा कुल ८०२ वटा सवारी दुर्घटना भएका थिए, जसमा १ हजार १६२ सवारीसाधन संलग्न थिए । ट्राफिक प्रहरी प्रमुख रन्जु केसीले सुविधासम्पन्न सडकमा चालकको लापरबाही र तीव्र गतिका कारण दुर्घटना बढेको बताइन् । […]

error: Content is protected !!