२० फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

प्रहरीको थुनुवामै मृत्यु नन्दलालको शव ३ दिनपछि परिवारले बुझे

Logo
प्रकाशित बुधबार, फाल्गुण १२, २०७७

(तेज वली)
दाङ । प्रहरीको थुनुवा कक्षमै मृत्यु भएका रोल्पाका एक व्यक्तिको शब तीन दिन पछि मंगलवार परिवारले बुझेर लगेका छन् । रोल्पाको गंगादेव गाउँपालिकामा पुर्खेउली घर भइ पछिल्लो समय दाङको तुलसीपुरमा बस्दै आएका ४४ बर्षीय नन्दलाल वलीको फागुन ९ गते थुनुवा कक्षमै रहेको समयमा इलाका प्रहरी कार्यालय तुलसीपुरमा मृत्यु भएको थियो ।

वलीलाई कान्छी श्रीमतिको निवेदनका आधारमा ८ गते राति प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी तुलसीपुरको बाहिनी चोकमा बिगत १७ बर्षदेखि संगै बस्दै आएका थिए । इप्रका तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहका अनुसार अत्यधिक मदिरा सवेन गरि वलीले उक्त दिन श्रीमति र छोरीमाथि समेत हातपात तथा कुटपिट गर्न थालेको भन्दै श्रीमतिले राति आँफै उच्च अदालतमा पुगेर सुरक्षा मागेपछि वलीलाई नियन्त्रणमा लिनु परेको जानकारी दिएका थिए ।

त्यही सूचनाको आधारमा प्रहरीले वलीलाई राति साढे ९ बजेतिर बाहिनी चोकस्थित उनको कोठाबाट नियन्त्रणमा लिइ इप्रका पु¥याएको थियो । वलीले इप्रका समेत गाली गलौज र हो–हल्ला गरेको प्रहरीले बताएको थियो । थुनुवा कक्षमा कराउँदा कराउँदै उनी बिहान दूई बजेतिर निदाएको र बिहान साढे ६ बजेतिर उठेर हेर्दा संगै सुतेका अन्य थुनुवाले वलीलाई घारघार घुरघुर गरेको देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

त्यसपछि तत्कालै प्रहरीले वलीलाई नजिकै रहेको राप्ती प्रादेशिक अस्पताल पु¥याएको थियो । तर, त्यहाँ पु¥याउनासाथ चिकित्सकले वलीलाई मृत घोषणा गरेको डिएसपी सिंहले जानकारी दिएका थिए । मृतका आफन्त र परिवारका सदस्यले शव बुझ्न तथा पोष्ट मार्टम गर्न समेत दिइरहेका थिएनन् ।

त्यसैले मंगलबार प्रहरीको पहरामा पोष्ट मार्टम भएको थियो । पीडित पक्षले कान्छी श्रीमतिमाथि आशंका व्यक्त गर्दै उनका बिरुद्ध किटानी जाहेरी दिएपछि मात्रै शवको पोष्टमार्टम गर्नुपर्ने माग गरेका थिए भने प्रहरीले जाहेरी बुझे संगै पोष्टमार्टम सुरु गरेको थियो ।

अन्तिममा कान्छी श्रीमति र जेठी श्रीमति दुबैले घटना अनुसन्धानको लागि प्रहरीमा निवेदन दर्ता गराएको प्रहरीले जनाएको छ ।

मृतक वलीकी जेठी श्रीमति तथा उनका आफन्तले कान्छी श्रीमति प्रति आशंका व्यक्त गर्दै उनलाई पक्राउ गर्न माग गर्दै आएको भएपनि प्रहरीले भने वलीको प्रहरी थुनुवा कक्षमै मृत्यु भएको हुँदा कसरी कान्छी श्रीमतिलाई पक्राउ गर्ने ? भन्ने प्रश्न गर्दैै आएको थियो । डिएसपी सिंहले इप्रका भित्रेको घटना भए बरु प्रहरी बिरुद्ध उजुरी दिन आग्रह गरेको बताए ।

अन्तिममा वलीको तुलसीपुरस्थित सम्पत्ति जेठी श्रीमतिलाई पनि भागबण्डा दिनुपर्ने माग अघि सारेका थिए ।

रोल्पाबाट आएका मृतक वलीकी जेठी श्रीमति आफन्त, मृतकका बुवा, भाइ, गंगादेब गाउँपालिकाका अध्यक्ष लगाएतका बीचमा उक्त बिषयमा परिवारका सदस्यहरु बसेर मिलाउने भन्ने समझ्दारी भएपछि तीन दिन पछि वलीको शव परिवार जनले बुझेका हुन ।परिवारले शव बुझेर लगेपछि इप्रकामा तीनदेखि हुँदै आएको तनाबको अन्त्य भएको मानिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । सुर्खेत नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको ९एन–एओएल दर्ता नम्बर भएको जहाजको टायर पड्किएको हो । जहाजमा ५० यात्रु सवार थिए । जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा भएको उक्त घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको समेत उनले […]

काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ। नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार १६५ जना शान्ति सैनिकहरूको अन्तिम टोली आज मिसन इलाकातर्फ प्रस्थान गरेको हो। निर्देशनालयले दिएको जानकारीअनुसार युनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा तैनाथ चण्डीप्रसाद गण (शान्ति सेना)को एघारौँ डफ्फालाई […]

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी प्रबक्ता डिएसपी रविन्द्र खनालका अनुसार कार्कीले मौन अवधिका उम्मेदवारको प्रचार गरेर भिडियो पोष्ट गरेका कारण प्रहरीले नियन्त्रणमा लिएको हो । अहिले कार्कीलाई प्रहरी नियन्त्रणमा राखेर सामान्य सोधपुछ भैरहेको प्रहरीले जनाएको छ । कार्कीले चुनावी मौन अवधी सुरु भएपछि विभिन्न राजनीतिक दलका उम्मेदवारहरुसँगकोा अन्तर्वार्ता प्रसारण गरेका […]

error: Content is protected !!