०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

देशभरको सुरक्षामा उच्च सतर्कता ठाँउमा व्यापक सुरक्षाकर्मीहरु

Logo
प्रकाशित बुधबार, फाल्गुण १२, २०७७


ABC (क्राईमबिट)
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगै नेपाल प्रहरीले मुलुकभरको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ । हुनसक्ने सम्भावित घटनालाई विचार गर्दै उच्च सतर्कता अपनाइएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए ।
भीडभाड तथा जुलुस निस्कन सक्ने क्षेत्रमा आवश्यक मात्रामा सुरक्षाकर्मी बढाइएको र शान्ति सुरक्षा कायम गर्न प्रहरीले विशेष ध्यान दिएको कुँवरले बताए । “अहिलेको अवस्थामा सुरक्षा स्थिति सामान्य छ, जे पनि हुन सक्छ भन्ने कुरालाई ध्यानमा राखेर उच्च सतर्कता अपनाइएको छ”, उनले भने, “संवेदनशील क्षेत्रमा निगरानीसमेत बढाइएको छ ।”
नेपाल प्रहरी र सशस्त्र प्रहरीले सर्वोच्चको फैसला आउन सक्ने परिस्थितिलाई ध्यानमा राख्दै यसअघि आवश्यक तयारी गरेको थियो । सुरक्षा निकायले संसद् पुनःस्थापना हुँदा र नहुँदाका लागि भनेर छुट्टाछुट्टै सुरक्षा योजना तयार पारेको स्रोतले बताएको छ । आज फैसला भएसँगै त्यसलाई समन्वयात्मक रुपमा सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!