०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

स्रोत नखुलेको २५ लाख ३५ हजार सहित २ जना भारतीय पक्राउ

Logo
प्रकाशित बिहिबार, फाल्गुण १३, २०७७

 

ABC (क्राईमबिट)
बारा । स्रोत नखुलेको २५ लाख ३५ हजार नेपाली रुपैयाँ सहित कलैया उपमहानगरपालिका-८ बरेवा टोलस्थित कलैया-मटिअर्वा सडकबाट २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत बिहार बस्नेहरू ३५ वर्षीय चन्द्र शेखर प्रसाद र ३८ वर्षीय संजय कुमार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उक्त ठाउँमा बि आर ०५ के ०७९८ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्दा चालक चन्द्र शेखर र मोटरसाइकलमा सवार संजयको साथमा तथा मोटरसाइकलको डिक्कीमा समेत लुकाई राखेको अवस्थामा १ हजार दरको १ हजार ७ सय ७२ थान र ५ सय दरको १ हजार ५ सय २६ थान गरी उक्त रकम फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!