२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मालपोत कार्यालय चितवनका लेखा अधिकृत किर्ते दस्तखतमा पक्राउ

Logo
प्रकाशित बिहिबार, फाल्गुण १३, २०७७

 

ABC Sanchar
काठमाडौँ । लिखत सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा मालपोत कार्यालय चितवनका लेखा अधिकृत पक्राउ परेका छन् ।

काठमाडौँ तारकेश्वर नगरपालिका–६ बस्ने चितवन भरतपुर नगरपालिका–११ घर भएका मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत तत्कालीन लेखा अधिकृत ५७ वर्षीय रिठ्ठे परियारलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार लेखा अधिकृत रिठ्ठेसमेतको संलग्नतामा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय भरतपुर चितवनको भौचर, छाप र कर्मचारीहरुको दस्तखत समेत किर्ते गरी १ करोड १७ लाख २४ हजार ५ सय ३८ रुपैयाँ लिखत सम्वन्धी कसूर गरी सरकारी रकम अपचलन गरेको प्रारम्भिक अनुसान्धानको क्रममा खुल्न आएको छ ।

अधिकृत रिठ्ठे तारकेश्वर नगरपालिका–६ मा लुकिछिपी बसेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!