१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

नेपालगञ्ज एयरपोर्टमा विमान दुर्घटनाको कृत्रिम अभ्यास जारी

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १४, २०७७


(महेन्द्र सिंह)
बाँके । नेपालगञ्ज एयरपोर्टमा विमान दुर्घटनाको कृत्रिम घटना अभ्यास जारी रहेको छ।
विमान दुर्घटना भइहालेमा गर्ने कार्यहरुकोबारेमा कृत्रिम घटना अभ्यास गरिएको हो । विमानस्थलमा विमान दुर्घटना हुन्छ । तत्काल दमकल पुगेर आगो निभाउँछ । सुरक्षाकर्मीहरु गएर घाइतेहरुको उद्धार गर्छन् । एम्बुलेन्समा हालेर अस्पताल पठाउँछन् । विमानस्थल परिसरमै शुक्रबार यस्तो कृत्रिम घटना अभ्यास गरिएको थियो ।

नेपालगञ्ज एयरपोर्टका कार्यालय प्रमुख प्रेमनाथ ठाकुरले यस्ता घटना अभ्यास गरिरहनु पर्ने बताउनुभयो । घटना भइहालेमा कसरी छिटो त्यसको व्यवस्थापन गर्ने भनेर जानकारी दिनका लागि अभ्यास जरुरी रहने गर्दछ ।

कृत्रिम घटना अभ्यास हुँदा आर्मीका जर्नेल हरेन्द्र पाठक, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, भैरवप्रसाद गणका गणपति नकुल थापा, नेपाल प्रहरी एसपी ओमबहादुर राना, सशस्त्र एसपी अशोक बम, नरेन्द्र गिरीलगायतको उपस्थिति रहेको नेपालगञ्ज एयरपोर्टका कार्यालय ठाकुरले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो। निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई […]

प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको भारतीय स्कार्पियो बड्डाडा ओरालोमा दुर्घटना प्युठान। स्वर्गद्वारी मन्दिरबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी सरूमारानी गाउँपालिका–४ बड्डाडा नजिकैबाट अन्यन्त्रिएर तल खसेको छ। गाडीमा ७ जना सवार रहेको ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!