०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

पद उन्नतिलाई दर्ज्यानी चिन्ह शु-शोभन गर्दै प्रहरी प्रबक्ता :रिजाल

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १४, २०७७

(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा प्रशासन तर्फ जनपद समूह प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक र प्राबिधिक समूह तर्फ प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा वढुवा तथा पदस्थापना भएका प्र.क.हरुलाई दाङ प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालबाट दर्ज्यानी चिन्ह शु-शोभन कार्यक्रम सम्पन्न भएको छ ।

तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन बिभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको चलानी नं. ४०३० र ४०३२ मिति २०७७।११।१३ गतेको पत्रादेशले प्रशासन तर्फ (जनपद) समूहका प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा तथा प्राबिधिक प्रहरी जवान पदबाट प्राविधिक प्रहरी हवल्दार पदमा बढुवा तथा पदस्थापना हुनुभएका प्रहरी कर्मचारीहरुलाई शुक्रबार दाङ प्रहरी प्रबक्ता डिएसपी रिजालबाट दर्ज्यानी चिन्ह शु-शोभन कार्यक्रम सम्पन्न गरिएको छ । प्र.स.नि. शालिकराम बुढाथोकी,प्र.स.नि. शिव बहादुर बिष्ट,प्र.स.नि. कमल सुबेदी प्र.ह. बिनोद बुढाथोकी प्र.हप्रकाश खड्का प्र.ह.चिरन्जिबी घर्तीमगर.रहेको प्रबक्ता रिजालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!