०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

मेलम्चीको पानी परीक्षण गर्दा कोटेश्वरमा पाइप फुटेयो पानी घरमा

Logo
प्रकाशित शनिबार, फाल्गुण १५, २०७७

ABC Sanchar
काठमाडौं । बिहिबार मेलम्चीको पानी परीक्षणको क्रममा कोटेश्वरस्थित सूर्यकोटमा पर्खाल भत्किएको पाइएको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार हाल कोटेश्वर क्षेत्रमा टेस्टिङको कार्य भइरहेको छ।

सो क्रममा लिकेज हुँदा घरको पर्खाल भत्किनुका साथै पानी घर भित्र समेत पसेको थियो।

अहिले पानी वितरणको लागि बिछ्याइएका पाइपलाइनमा १५ प्रतिशत मात्रै परीक्षण भएको छ।

यसको मतलब ८५ प्रतिशत पाइपलाइनमा परीक्षणको काम बाँकी छ।

काटेश्वरमा देखिएको समस्याबाट आगामी दिनमा मेलम्चीको पानी आउँदा काठमाडौंका धेरै ठाँउमा लिकेज हुनसक्ने सम्भावना देखिएको अधिकारीहरुले जनाएका छन्।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!