२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

दाङ प्रहरीले ६४ हजार नगदसहित ८ जना जुवाडेहरु पक्राउ

Logo
प्रकाशित शनिबार, फाल्गुण १५, २०७७

 

(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले जुवाको खालबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । घोराही उपमहानगरपालिका वडा नं. ८ सेवारबाट ६४ हजार तीनसय नगद रुपैया, पाँच थान गड्डी तास र एउटा गलैचा सहित उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए । हारजित हुने गरी जुवा खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी टोलीले उनीहरुलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. ८ का २८ बर्षीय तिलक वली, सोही ठाउँका ३५ बर्षीय शरद रावत, बर्ष ३० का समिर खड्का, बर्ष ३५ का सुरेन्द्र चौधरी, बर्ष २१ का यादव राना, बर्ष ४४ का शिवु रावत, बर्ष ४० का रमेश वली र जुवा खेलाउने घरधनी सुरेन्द्र सेनजुवा रहेका छन् । पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धान भई रहेको प्रहरी प्रबक्ता डिएसपी रिजालले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]