०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङ प्रहरीले ६४ हजार नगदसहित ८ जना जुवाडेहरु पक्राउ

Logo
प्रकाशित शनिबार, फाल्गुण १५, २०७७

 

(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले जुवाको खालबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । घोराही उपमहानगरपालिका वडा नं. ८ सेवारबाट ६४ हजार तीनसय नगद रुपैया, पाँच थान गड्डी तास र एउटा गलैचा सहित उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए । हारजित हुने गरी जुवा खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी टोलीले उनीहरुलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. ८ का २८ बर्षीय तिलक वली, सोही ठाउँका ३५ बर्षीय शरद रावत, बर्ष ३० का समिर खड्का, बर्ष ३५ का सुरेन्द्र चौधरी, बर्ष २१ का यादव राना, बर्ष ४४ का शिवु रावत, बर्ष ४० का रमेश वली र जुवा खेलाउने घरधनी सुरेन्द्र सेनजुवा रहेका छन् । पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धान भई रहेको प्रहरी प्रबक्ता डिएसपी रिजालले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!