०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

बलात्कारीलाई कारवाहीको माग गर्दै कोहलपुरमा प्रदर्शन

Logo
प्रकाशित शनिबार, फाल्गुण १५, २०७७

कोहलपुर । महिला हिंसा अन्त्य गर भन्दै आज बाँकेको कोहलपुरमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नगर समिति कोहलपुरले विरोध प्रदर्शन गरेको छ ।

राज्यले नै विभेद गरिरहेकाे अवस्थामा निर्मला पन्त, भागिरथी भट्ट र बांकेकी नारि लगायत सयाैं नारिहरुले न्याय नपाउनु ठुलाे कुरा हाेईन तथापि अपराधिलाई यथासिघ्र कानुनी कार्वाहि गर्नुपर्ने राप्रपा जिल्ला सदस्य अर्जुन जंग शाहले जाेडदार माग गरेका छन् ।

आपराधिक घटना भएको यत्तिका दिन बित्दा समेत अपराधीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासन असफल भएको भन्दै दोषीलाई तत्काल पक्राउ नगरिए आन्दोलनलाई देशव्यापी बनाउने राप्रमसं कोहलपुर नगर समिति अध्यक्ष लक्ष्मी कुमारी हमालले बताउनुभयो ।

केही समय अघि नेपालगन्ज उपमहानगरपालिका निवासी एक किशोरीको बलात्कारपछि निर्घात कुटपिट गरी हत्याको प्रयास समेत भएको र हालसम्म पनि अपराधी पत्ता लगाउन प्रशासन मौन रहेको कुरा राप्रपा जिल्ला प्रवक्ता श्रीधर सुवेदीले बताएका छन् ।

राप्रमसं कोहलपुर नगर कार्य समितीकी अध्यक्ष लक्ष्मी कुमारी हमालको नेतृत्वमा कोहलपुरको एनसीसीएन निस्किएको विरोध ¥याली इलाका प्रहरी कार्यालय हुँदै चौराहामा पुगेर कोणसभामा परिणत भएको थियो ।

¥यालीमा राप्रपाका केन्द्रीय कार्य सम्पादन समिति सदस्य हिक्मत ढकाल, मिडिया नेपालका सुदुरपश्चिम सह संयोजक पुरु दाहाल लगायत नगरका भातृ संगठनका पदाधिकारी तथा सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!