०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

प्रहरीमा जागिर लगाईदिने भन्दै ठगी गर्ने अनुसन्धान अधिकृत पक्राउ

Logo
प्रकाशित शुक्रबार, जेठ २५, २०७५

(सागर थापा दाङ)
अपराध महाशाखाले भन्यो– नक्कलि राष्ट्रिय अनुसन्धान अधिकृत बनेर १७ लाख ५० हजार ठगि गरेपछि पक्राउ गरीयो’
घोराही, जेठ २४ । प्रहरीमा जागिर लगाइदिने भनेर विभिन्न प्रलोभन देखाएर ठगि गर्ने एक जनालाई काठमान्डौवाट प्रहरीले पक्राउ गरेको छ । नक्कलि कागजात देखाएर राष्ट्रिय अनुसन्धान विभागको अधिकृत बताउने संखुवासभा पाँचखपन नगरपालिका ७ घइ भइ हाल काठमान्डौको बुढानिलकण्ड भंगाल बस्दै आएका टंकबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बुढानिलकण्ठबाट ठगि आरोप लागेका खड्कालाई पक्राउ गरेको एसएसपी धिरजप्रताप सिंहले बताए ।आफु राष्ट्रिय अनुसन्धान विभागको अधिकृत हुँ भनी परिचय पत्र देखाई पिडित काठमाण्डौ चन्द्रागिरी न.पा १२ गुर्जुधारा बस्ने नरेन्द्र श्रेष्ठको श्रीमति पुष्पा कुमारी श्रेष्ठलाई गोदाम तथा पारवहनमा र निजको जेठान हरिबहादुर श्रेष्ठलाई राष्ट्रिय अनुसन्धान विभागको सहायक अनुसन्धान सुचक पदमा सिफारिस गरेको नक्कली कागजात, आयश्रोतको सिफारिस पत्र लगायतका सरकारी कागजातहरु बनाई विश्वासमा पारी १७ लाख ५० हजार लिई ठगी गरेकोले खड्कालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाईएको सिँहले बताए ।सिँहका अनुसार मुलुकी ऐन ठगी महल अनुसार ठगी गर्ने व्यक्तिलाई कसुरको मात्रा हेरी ५ वर्षसम्म कैद र विगो भराई विगो बमोजिम जरिवाना हुने व्यवस्था रहेको छ भने साथै मुलुकी ऐन किर्ते कागजको १२ नं। बमोजिम सरकारी अड्डाको छाप वा सरकारी काममा सरकारी कर्मचारीको दस्तखत वा सो छाप दस्तखत भएको सरकारी कागज किर्ते गर्नेलाई १ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्री उपस्थित समारोहमा आईजी अर्यालले भने, ‘आन्तरिक सुरक्षामा परिचालन नीतिको स्पष्ट व्यवस्था हुन आवश्यक छ ।’ परिचालन नीतिमा स्पष्टता नहुँदा हुलदङ्गा नियन्त्रणमा सशस्त्र र नेपाल प्रहरीको बिचमा ‘विवाद’ हुँदै आएको छ । सशस्त्रले प्रस्ताव गरेको नयाँ परिचालन नीति गृह मन्त्रालयमा विचाराधीन छ । २०५७ मा स्थापना भएको सशस्त्र प्रहरीले सशस्त्र विद्रोह, […]

दाङ । तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरका ३३ वर्षका रमा चौधरी रहेको दाङ प्रहरीले जनाएको छ । घाइते चौधरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । डिएसपी शाहका अनुसार चौधरीको आज सवा ४ बजेतिर उपचारका […]

काठमाडौं । गृहमन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार ५ माघदेखि लागु हुने गरी जनपद प्रहरी समूह तर्फको प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा नियुक्ति भएका एसपीहरूको पदस्थापना गरिएको हो ।

error: Content is protected !!