२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

स्वकीय सचिव तामाङलाई पदबाट गृहमन्त्री थापाले हटाए

Logo
प्रकाशित आइतबार, फाल्गुण १६, २०७७

ABC Sanchar
काठमाडौं । प्रचण्ड-नेपाल समुहको (नेकपा)लाई सहयोग गरेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्वकीय सचिव बिरु तामाङलाई पदबाट हटाउनु भएको छ । गृहमन्त्रालय स्रोतका अनुसार मन्त्री थापाले तामाङलालई माघ ३० गतेदेखि नै लागु हुनेगरी पदबाट हटाउनु भएको हो ।

तामाङलाई गृहमन्त्रालयले संवेदनशील सुचनाहरु प्रचण्ड-नेपाल समुहमा पुर्याएको आरोप लगाएको छ ।
त्यस्तैगरी ओलीसमुहतिर रहेर तामाङले युवा संगठनमा भाँडभैलो गरेको गृहमन्त्री थापा निकट स्रातले बताएको छ । उहाँ गृहमन्त्री थापाको पदबहालीसँगै स्वकीय सचिवमा नियुक्त हुनु भएको थियो ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले दुई समुहमा विभाजित छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]

सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा सीमा समस्या समाधानका लागि नेपाल भारतबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपाल सरकारले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन् । जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने प्रतिक्रिया समेत दिएका छन् […]