२४ आषाढ २०८२, मंगलबार
08-07-2025 , Tue
×

कंचनपुर प्रहरीले लागुऔषध कारोबारीहरु धमाधम पक्राउ

Logo
प्रकाशित सोमबार, फाल्गुण १७, २०७७

ABC (क्राईमबिट)
कञ्चनपुर। दुईतिर भारतसित सिमाना जोडिएको कञ्चनपुरमा लागुऔषध कारोवार गर्ने नेपाली तथा भारतीय गिरोहमाथि प्रहरीले कारवाही बढाएको छ।

खुला सिमानाका कारण लागुऔषधको कारोवार गर्ने गिरोह पक्राउ गर्न केही महिनायता सक्रियरुपमा लागेको कञ्चनपुर प्रहरीले लामो समयदेखि खैरो हिरोइन र ब्राउनसुगरलगायतका लागुऔषधको कारोवार गर्ने मुख्य गिरोहको पहिचान गरिसकेको छ। पछिल्लो केही दिनयता लागुऔषध नियन्त्रणमा गति बढाएको प्रहरीले भारतीय र नेपाली गिरोहका मुख्य दुई व्यक्ति पक्राउ गरेपछि लागुऔषध कारोवारको जालो भत्काउन प्रहरी सफलतातर्फ उन्मुख देखिएको छ ।

डेढ महिनामा लागुऔषध कारोवार र उपभोग गर्ने ३२ पक्राउ गरेको प्रहरीले ठूलो परिणाममा पक्राउ परेका लागुऔषध कारोवार गर्ने गिरोका भारतीय र नेपाली युवकलाई पक्राउलाई आफ्नो सफलता मानेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँ लामो समयदेखि भारतबाट लागुऔषध आयात हुने र यहाँबाट लुकीछिपी चरेश भारत जाने गरेको छ।

लागुऔषध दुव्र्यसनमा परेका युवाकै कारण समाजमा घटना बढिरहेको आँकलन गरेको प्रहरीले अहिले सीमा क्षेत्रमा सक्रियरुपमा त्यसमा संलग्न कारोवारीलाई नियन्त्रणमा लिने र यहाँका विभिन्न स्थानमा लागुऔषध न्यूनीकरणका लागि सचेतनामूलक अभियान नै सञ्चालन गरेको छ। डेढ महिनाअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नेतृत्व सम्हाल्नु भएका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले लागुऔषध कारोवारमा सक्रिय ठूला गिरोहमाथि अत्यधिक निगरानी बढाइएको बताए।

“यहाँ आएको थोरै समयमा मैले २० देखि ३० प्रतिशत लागुऔषध नियन्त्रणको दायरामा ल्याइसकेको छु।” उनले भने, “यस चालु आर्थिक वर्षमा मात्रै ३९० ग्राम खैरो हिरोइन बरामद गरेको छौँ, यो ठूलो परिणाम हो।” उनले युवा पिढी लागुऔषध र अन्य दुव्र्यसनमा लिप्त देखेपछि त्यसको नियन्त्रणका लागि कारवाही र सचेतना सँगसँगै थालेको बताए। प्रहरीले कञ्चनपुरको दक्षिण क्षेत्रबाट भारत हुँदै नेपालमा लागुऔषध पैठारी गर्ने गिरोहका मुख्य व्यक्ति भारतीय नागरिकलाई गत माघको अन्तिम साता यहाँको बेलौरी क्षेत्रबाट पक्राउ गरिसकेको छ।

भारतको पिलिभित जिल्ला बम्मनपुर पधिरत शारदा बस्ने ३२ वर्षीय सुच्चा सिंहलाई पक्राउ गरेपछि भारतमा बसेर नेपालमा लागुऔषध पैठारी गर्ने गिरोहमाथि प्रहरी जानकार छ।

“अझै दुई भारतीय त्यो क्षेत्रबाट लामो समयदेखि यहाँ लागुऔषध ब्राउनसुगर पढाउने गरेका छन् ।” उहाँले भन्नुभयो, “भारतीय गिरोहका पहिचान भइसकको भए पनि यहाँको सीमा क्षेत्रमा पैठारीका लागि नआउँदा नियन्त्रणमा लिन सकिएको छैन ।” सोही गिरोहका सिंहलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी हिरासतमै राखिएको उहाँले बताउनुभयो ।

“लागुऔषध मुद्दामा ९० दिनसम्म प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।” उनले भने, “भारतबाट यहाँ लागुऔषधको कारोवार गर्ने गिरोहलाई पक्राउ गर्न भारतीय पक्षसित पनि समन्वय गर्छौं।”

त्यसैगरी माघको तेस्रो साता करिब १९ ग्राम ब्राउनसुगरसहित यहाँको बेलौरी नगरपालिका–७ का ४५ वर्षीय प्रभुराम चौधरीलाई पक्राउ गरेको थियो। अभियुक्त चौधरी पनि सो क्षेत्रमा सीमानाकामा लामो समयदेखि लागुऔषध पैठारीमा संलग्न हुने गरेको प्रहरीको दाबी छ। प्रहरीका अनुसार ब्राउनसुगर र खैरो हिरोइन उच्चकोटीको लागुऔषध हो।

प्रहरीले कञ्चनपुर र कैलालीसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा समेत लागुऔषध पैठारी गर्ने गिरोहमाथि कारवाही थालेको छ। अन्यत्र चरेस, नाइट्राभेटलगायतका लागुऔषध बढी प्रयोग गर्ने गरेको देखिए पनि यहाँ ब्राउनसुगर र खैरोहिरोइनको प्रयोगकर्ता र कारोवारमा बढी संलग्न देखिएको प्रहरीले जनाएको छ। योजनाबद्ध अपराधबाहेक सबै घटनामा लागुऔषध प्रयोगकर्ताको संलग्नता देखिएको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार लागुऔषधका २६ वटा मुद्दा चलिरहेका छन्।

कारसहित अर्का नाइके पक्राउ

लागुऔषध नियन्त्रण अभियानमा सक्रिय रहेको प्रहरीले दुई दिन अघि लागुऔषध पैठारीमा प्रयोग भएको कार र लागुऔषध ब्राउनसुगरसहित दुईलाई नियन्त्रणमा लिएको छ। यहाँको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट भारतीय यूके ०६ एक ३४२५ नम्बरको कारसहित सोही ठाउँका २९ वर्षीय विक्रम ठकुल्ला र २९ वर्षीय दीपेन्द्र सुनारलाई पक्राउ गरेको हो।

“कारमा लागुऔषध ओसारपसार गरिरहेकोे सूचनाका आधारमा झलारीबाट दुवै अभियुक्तलाई पक्राउ गरेका हौँ ।” प्रहरी उपरीक्षक चर्तुवेदीले भने, “दुवैको साथबाट ४६ पिस ब्राउन सुगरका प्याकेट र चार दशमलव ८० ग्राम खुल्ला धुलो फेला पारेको छ।” प्रहरी अनुसन्धानले झलारीबाट पक्राउ गरेका युवक कञ्चनपुर, कैलालीका साथै पहाडी जिल्ला बैतडी र डडेल्धुरासम्म ब्राउनसुगर पठाउने गरेका थिए। “समाज सुधार्न यहाँ युवालाई सही बाटोमा लगाउन आवश्यक देखियो ।” उनले भने, “अब लागुऔषधको जालो भत्काउने अभियानमा प्रहरी लागिसक्यो।”रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कृषि मन्त्री पन्थीको दाङमा कृषिमा पत्रकारिता सक्रिय पत्रकारहरू संग अन्तरक्रिया सम्पन्न दाङ । लमही लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले प्रदेश सरकारले कृषिमा अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याएको बताउनुभएकाे छ ।  लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आयोजना तथा सञ्चारिका समूह लुम्बिनी प्रदेशको सहकार्यमा आज साेमबार दाङ-देउखुरीकाे लमहीमा आयाेजित […]

  रसुवा । २०७६ जेठदेखि सञ्चालनमा आएको उक्त पुल गएराति आएको बाढीले बगाएसँगै दुई देशबीचको सडक सञ्जाल टुटेको हो। २०७७ सालमा आएको बाढीले उक्त पुलमा क्षति गरेपछि मर्मत गरेर पुनः सञ्चालनमा ल्याइएको थियो। चीनबाट बग्ने लेन्दी खोलामा बाढीले बर्खाको बेलामा क्षति गर्ने गरेको छ। जसको कारण दुई देशबीचको सडक सञ्जाल टुट्ने गरेको छ। उक्त पुल […]

चीनबाट आएको बाढीमा परेर रसुवामा कम्तिमा १८ जना बेपत्ता खोजी कार्य जारी रसुवा । बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन् । एक जना प्रहरीले चाहिँ नदीको बीचमा सुरक्षित रहेको भन्दै सम्पर्क गरेका छन् । यसबाहेक नदीको बीचमा फसेका ९ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको […]

error: Content is protected !!