२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

बन्धक बनाएर परिवारसँग १० लाख फिरौती माग गर्नेहरु पक्राउ

Logo
प्रकाशित सोमबार, फाल्गुण १७, २०७७

ABC (क्राईमबिट) विराटनगर : राजस्व अनुसन्धान कार्यालय इटहरी (सुनसरी)को टोलीले असार २९ गते ना.६ ख ८३१२ नम्बरको ट्रक नियन्त्रणमा लियो। कपडा ओसारपसारमा नक्कली बिलविजक प्रयोग गरेको भेटियो। त्यसपछि विराटनगर–१८ खोक्साका २३ वर्षीय सुभाष कामत पक्राउ परे।

अनुसन्धान गर्दै जाँदा विराटनगर–६ का ५८ वर्षीय दीपक शर्मा, उनकी पत्नी ५६ वर्षीया मञ्जु शर्मा र छोरी २८ वर्षीया रीमा पासवानसमेत संलग्न भेटिएको कार्यालय प्रमुख दीपक खड्काले बताए। मञ्जु कात्तिक १७ गते पक्राउ परिन् भने दीपक र रीमा फरार बने।

राजस्व अनुसन्धानले पक्राउ दुईसहित चार जनाविरुद्ध उच्च अदालत विराटनगरमा मंसिर १८ गते राजस्व चुहावटको मुद्दा चलायो। अदालतले १०/१० लाख धरौटी लिएर छाड्न आदेश दियो। धरौटी बुझाएर सुभाष छुटे, मञ्जु भने उक्त रकम नतिरेपछि जेलमा पुगिन्।

उनै सुभाष शनिबार दिउँसो विराटनगरबाट अपहरणमा परे। मञ्जुलाई छुटाउन उनका पतिसहितको समूहले सुभाषलाई दबाब दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। तर, सुभाषले १० लाख तिरिदिने आफ्नो हैसियत नभएको बताएका थिए।

पाँच जनाको समूहले सुभाषको अपहरण गर्ने योजना बनाएको खुलेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए। उनका अनुसार उक्त योजना मञ्जुका पति दीपक, विराटनगर–१६ दरैयाका २० वर्षीय रोहित पण्डित, ३२ वर्षीय सिकेन्द्र यादव, २१ वर्षीय अजय यादव र विराटनगर–६ रामपुरकी २८ वर्षीया सन्ध्या शर्माले बनाएका हुन्। योजनाअनुसार शनिबार दिउँसो १:३० बजेतिर घर छेउबाटै सुभाषको अपहरण भएको एसपी खड्काले बताए।

मोटरसाइकलसहित अपहृतलाई सन्ध्याको घरमा पुर्‍याएर बन्धक बनाइयो। पीडितमाथि कुटपिट गर्दै परिवारका सदस्यसँग बार्गेनिङ गर्न थालेको खुलेको खड्काले बताए। सुरुमा सुभाषका भाइ विकास कामतलाई फिरौती माग गर्दै फोन गएको थियो। विकासले घटनाबारे प्रहरीलाई जानकारी गराएको थियो।

‘खबर आउनासाथ खोजीका लागि विशेष टोली परिचालन गरियो’, खड्काले भने, ‘दुई घण्टाभित्र सकुशल उद्धार पनि गर्न सकियो।’ प्रहरीले खोज्न थालेको जानकारी पाएपछि सुभाषलाई दीपक शर्माको घरमा पुर्‍याएको खुलेको छ। त्यहाँबाट पनि परिवारका सदस्यसँग बारम्बार फिरौती माग गरेको पाइएको छ। प्रहरीले खोजी तीव्र पारेको जानकारी पाएपछि उक्त समूहले भारततिर लैजाँदै गर्दा विराटनगर–१२ बखरीबाट अपहृतको उद्धार गरिएको खड्काले उल्लेख गरे।

‘सबैतिर सर्च अभियान चलाएर खोजी तीव्र पारिएका कारण अपहरणकारीलाई पक्राउ गर्न सकियो’, उनले भने, ‘केही ढिला भए भारत पुर्‍याउने थिए वा जे पनि गर्न सक्ने अवस्था रहेको देखिन्छ।’

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले सुभाषलाई सकुशल उद्धार गर्दै अपहरणमा संलग्नमध्ये रोहित, अजय र सन्ध्यालाई पक्राउ गरिएको बताए। उनका अनुसार रोहितलाई शनिबार राति घरबाट र आइतबार बिहान अजयलाई विराटनगर–१२ बखरी अनि सन्ध्यालाई विराटनगर–१ पोखरीयाबाट नियन्त्रणमा लिइएको हो। मञ्जुका पति दीपक र सिकेन्द्र फरार छन्। पक्राउ परेकाहरूविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको डीएसपी राईले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]