०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

महानगरीय ट्राफिक महाशाखाले घुस नलिन १८ जना ट्राफिक प्रहरी सम्मान

Logo
प्रकाशित सोमबार, फाल्गुण १७, २०७७

(महेन्द्र सिंह)
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरि जिम्मेवारि निर्बाह गर्ने एक प्रहरी निरीक्षक सहित १८ जना ट्राफिक प्रहरीलाई एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा प्रहरी निरीक्षक पुरुषोत्तम कार्की, प्रहरी नायव निरीक्षक कृष्ण प्रसाद पौडेल, प्रहरी सहायक निरीक्षक शंकर प्र. मैनाली, प्रहरी हवल्दार शम्भु बिश्वकर्मा, यस्तै प्रहरी जवानहरु बिनोद गोतामे, अनिल महर, छत्र बहादुर बि.क., महेश राज पनेरु, दिनेश पौडेल, राजेश कोईरी, राकेश कुमार साह, श्रीधर रिजाल, बिन्दा थापा, भरत बहादुर चन्द, रमेश सिंह बुडाल, जानुका कुमारी गौतम, दिनेश बि.क., राम अवतार राम रहेका छन् ।

सम्मानित हुनेहरु मध्य ६ जनालाई नगदसहित बृद्धि विकाशमा समेत सहयोग हुनेगरि अभिलेखमा जनिने गरि पुरस्कृत गरेको छ ।

नेपाल प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न हामीले नियमित ब्रिफिङ्ग एव निर्देशन दिँदै आएका छौं, फलस्वरुप घुस दिन खोज्ने ९४ जना चालकहरुलाई पक्राउ गरि कारबाही गरेको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूले कारबाहीबाट बच्न र कारवाही पश्चात हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दछन, प्रलोभनमा नपरी त्यस्ता चालकहरुलाई कारवाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारीलाई पूर्णरूपमा निर्वाह गरी सङ्गठनको छवि उच्च राख्ने ट्राफिक प्रहरीलाई सम्मान एव पुरस्कृत गरिएको उनले बताए ।

यस आर्थिक वर्षमा मात्रै आर्थिक प्रलोभनमा पार्न खोज्ने ९४ जना चालकहरुलाई पक्राउ गरि कानूनी दायरामा ल्याउने ६५ जना प्रहरी कर्मचारीलाई पुरस्कार एव प्रशंसा पत्रद्वारा सम्मान गरेको छ ।

यस कार्यले अन्य प्रहरी कर्मचारीहरूमा समेत आर्थिक पारदर्शीता एव सुन्य शहनसिलता कायम गर्न र प्रलोभनमा पार्न खोज्ने चालकहरुलाई कारबाहीको दायरामा ल्याउन थप सकारात्मक उत्प्रेरणा जगाउने बिश्वास महाशाखाले गरेको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!