०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

प्रहरीले साधारण जीवनशैलीमा उच्चतम सेवा प्रवाह गर्नुपर्छ:IGP थापा

Logo
प्रकाशित सोमबार, फाल्गुण १७, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुले सदैव साधारण जीवनशैली अवलम्वन गरी नागरिकलाई उच्चतम सेवा प्रवाह गर्नुपर्ने बताएका छन् ।

प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा कार्यरत प्रहरी कर्मचारीहरु तथा सोही महाविद्यालयमा विभिन्न तालिमहरुमा तालिमरत प्रशिक्षार्थीहरुलाई सोमबार निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताएका हुन् ।

प्रहरी सेवालाई सेवामुखी बनाउन कर्मचारी स्वयं व्यावसायिक प्रहरी बन्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने, ‘प्रहरी सेवा सबैभन्दा उत्कृष्‍ट सेवा हो, समर्पित बनौं ।’ सेवाग्राहीप्रति विनम्र हुने तर विनम्रतालाई कमजोरी नठान्ने भावनाको विकास गर्दै प्रहरी सेवा प्रदान गर्ने क्रममा सकारात्मक भूमिका निर्वाह गर्दै हरेक प्रहरी कर्मचारी रोलमोडेल बन्नुपर्ने विचार उनले व्यक्त गरे ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रशिक्षण सम्बन्धी तालिम केन्द्रमा कार्यरत कर्मचारी, प्रशिक्षक तथा विभिन्न तालिममा तालिमरत प्रशिक्षार्थीहरुलाई संगठनका खाँतिर शिरोधार्य गर्नुपर्ने निर्देशन दिँदै एकआपसमा भाइचाराको भावना अभिवृद्धि गर्नुपर्ने उल्लेख गरे । सीमित साधन स्रोतका वावजुद उल्लेखनीय काम भइरहेको तथा उपलब्ध सुविधामा खुशी हुन सिक्नुपर्नेमा उनले जोड दिए ।

अनुगमन तथा निर्देशनको सिलसिलामा उक्त महाविद्यालय पुग्नु भएका प्रहरी महानिरीक्षक थापा क्षेत्रीले महाविद्यालय परिसरभित्र वृक्षारोपण समेत गरेका थिए ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र बहादुर धानुकले धन्यवाद ज्ञापन गरेका उक्त कार्यक्रममा प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय पाल्पामा सोमबार आयोजित कार्यक्रमबीच जिल्ला प्रहरी कार्यालय पाल्पा तथा मातहत कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिए । साथै उनले जिल्ला प्रहरी कार्यालय पाल्पाको निर्माणाधीन भवन तथा कार्यालय परिसर अवलोकन समेत गरे ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा कायम गर्ने तथा अपराध नियन्त्रण एवं अनुसन्धान गर्ने काममा अझै सक्रिय हुन निर्देशन दिँदै आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड दिए । आपसमा भातृत्वभाव कायम गर्दै सहयोगी भावनाको विकास गर्नुपर्ने उनले उल्लेख गरे । परिवार सुखी भए प्रहरीले राम्रो सेवा दिन सक्ने भएकोले परिवारलाई समेत यथेष्ठ ध्यान दिन उनले आग्रह गरे ।

निर्देशन सम्बोधन कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र बहादुर धानुकको समेत उपस्थिति रहेको थियो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!