२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

नवलपरासीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्‍यु

Logo
प्रकाशित मंगलबार, फाल्गुण १८, २०७७

 

(राकेश श्रेष्ठ)
नवलपरासी । पूर्वी नवलपरासीको देवचुली२ दुम्कौली चोकमा दुईवटा ट्रक एक आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

पूर्वबाट जाँदै गरेको ना ७ ख ७०२३ र पश्चिमबाट आएको ना ६ ख ३०११ नं को ट्रक एक आपसमा ठोक्किएर चालक मकवानपुरका ३४ वर्षीय रामकुमार न्यौपाने र कास्कीका ५१ वर्षीय खिमबहादुर बिकको ज्यान गएको रजहर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा दुवै ट्रकका सहचालक घाईते भएका छन् । मृतकको शव मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]