२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

कपिलवस्तु एसपी अधिकारीलाई जिल्ला प्रशासनको विशेष सम्मान

Logo
प्रकाशित बुधबार, फाल्गुण १९, २०७७

(सागर थापा)
कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारीलाई कपिलवस्तु जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण लगायतका सम्पूर्ण जिम्मेवारीहरु उच्च मनोवलका साथ सम्पन्न गरेको भन्दै सम्मान गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पौडलेले एसपी अधिकारीले गरेका कार्यहरुको उच्च मूल्याङ्कन गरी प्रशंसा पत्र प्रदान गरिएको उल्लेख गरेका छन् ।

कपिलवस्तु जिल्लामा प्रहरी प्रमुखको रुपमा एसपी अधिकारीले लागूऔषधको संगठित कारोबार, अवैध सुन तस्करी तथा हुण्डी कारोबार, भन्सार छली सहित महत्वपूर्ण अपराधको सफल अनुसन्धान गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]