०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

विमानस्थलबाट ईलेक्ट्रोनिक्स सामान र तयारी कपडा सहित एकजना पक्राउ

Logo
प्रकाशित बिहिबार, फाल्गुण २०, २०७७


ABC (क्राईमबिट) काठमाडौं । जि.भोजपुर ट्याम्किमैयुङ गा.पा.वडा नं.४ स्थायी वतन भएका वर्ष २८ का शिसिर राई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियामा आई नेपाल एयरलाईन्सको उडान नं. RA 410 द्वारा हङकङबाट काठमाण्डौं आगमन भएका विभिन्न यात्रुहरुलाई भन्सार छली गर्न लगाई ड्रोन क्यामेरा थान-५, SONY ब्याट्री थान-८, क्यामेरा एडप्पटर थान- १, ब्याट्री चार्चर थान-१, तयारी कपडा (टिसर्ट, स्वीटर, ज्याकेट, पाईन्ट आदी) थान-७०, जुत्ता (Nike, ZARA, लेडिज) जोर-८, पावर ब्याङ्क थान-१, फेसियल तेल बट्टा-५, परफ्यूम थान.-.६ र झोला (पछाडी बोक्ने) थान-७ (अन्दाजी मुल्य १५,०६,०००।-)अबैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारिएकोमा बरामद सामानहरु सहित निजलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको अन्तर्राष्ट्रिय बिमान सुरक्षा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी राजेश बास्तोलाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!