११ मंसिर २०८३, शुक्रबार
27-11-2026 , Fri
×

काठमाडौं आफ्नै सेनाको सुरक्षामा छिरे नेकपा महासचिव विप्लव!

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २१, २०७७

ABC Sanchar
काठमाडौं । सरकार र विद्रोही दल नेकपाबीच बिहिबार ३ बुँदे सहमति भएको छ। सहमतिपत्रमा उल्लेख भएअनुसार मन्त्रिपरिषद् बैठकले सो पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ।

सरकार र व्रिदोही पक्षबीच वार्ता सफल भएपछि गृहमन्त्रालयले नेकपाका नेता कार्यकर्तालाई छाड्न प्रहरी प्रधान कार्यालयलाई सर्कुलर गरिसकेको छ। गृहको आदेश अनुसार अब प्रहरीले शुक्रबारबाट नेता कार्यकर्ताको रिहाई गर्नेछ।

दुवै पक्षको उच्चस्तरीय वार्ता टोलीबीच आज भएको सहमतिलाई भोलि (शुक्रबार) दिउसो प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सार्वजनिक गर्नेछन्।

सहमतिपत्रमा हस्ताक्षर गरेपछि दुवै जनाले सम्बोधन गर्नेछन्। सहमतिमा भएका बुँदाबारे दुवैजनाले विस्तृत रुपमा खुलाउने छन्।

सो कार्यक्रमका लागि नेकपा महासचिव विप्लव काठमाडौं आइसकेका छन्।

काठमाडौं बाहिर रहेका उनलाई उपत्यका आउन सरकारले हेलिकोप्टरनै व्यवस्था गरेको थियो। तर, विप्लवले हेलिकोप्टर चढ्न नमानेपछि गाडीबाटै काठमाडौं आएका हुन।

हेलिकोप्टरमा चढ्दा राम्रो सन्देश नजाने भएकाले पार्टीले व्यवस्था गरेको गाडीमै विप्लव अबेर साँझ काठमाडौं आइपुगेको स्रोतले बतायो। आफ्नो पार्टीका सैन्य कार्यकर्ताको सुरक्षा घेरामा विप्लव काठमाडौं छिरेका हुन।

शुक्रबार सार्वजनिक हुँदा पनि विप्लवलाई तिनै सेनाले सुरक्षा दिएर कार्यक्रमस्थल राष्ट्रिय सभागृह पुर्‍याउने छन्।

विप्लव नेकपाले यसअघिनै आफूसँग जनमुक्ति सेनारहेको बताउँदै आएको छ। औपचारिक रुपमा हतियार नउठाएकाले विप्लव समूहले आफ्नो सेनाको ड्रेस र संख्याबारे यकिन विवरण सार्वजनिक गरेको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही अर्जुनखोलामा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा ३ जना घाइते भएका छन्। वडा प्रहरी कार्यालय लमही र अस्थायी ट्राफिक पोस्ट लमहीका अनुसार बाटो क्रस गर्ने क्रममा पछाडिबाट आएको मोटरसाइकलले शुक्रबार बेलुका करिब साढे ४ बजे स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो। ठक्कर दिने मोटरसाइकल र चालक नियन्त्रणमा रहेको लमही ट्राफिक इन्चार्ज तिर्थ भुसालले जानकारी […]

दाङ । घोराहीमा ७७ प्रतिशतभन्दा बढी छायाङ्कन हुने, स्थानीय कलाकारले पनि मुख्य भूमिका पाउने** दाङ। दाङको प्राकृतिक सौन्दर्य, ऐतिहासिक तथा सांस्कृतिक पहिचान र यहाँका चर्चित पर्यटकीय स्थललाई विश्वमाझ चिनाउने लक्ष्यसहित युवा व्यवसायी रुद्र शर्माले ठूलो सम्भावना बोकेको फिल्म निर्माण गर्ने तयारी गर्नुभएको छ। चर्चित कलाकारहरूको अभिनय रहने उक्त फिल्मको छायाङ्कन दाङका विभिन्न स्थानमा गरिने भएको […]

अर्घाखाँची । टोप बहादुर रायमाझीले अब फेरि अर्घाखाँचीको विकासमा लाग्ने बताउनुभएको छ। उहाँले आफ्नो-अर्काको पार्टी नभनी भोट हालेर जिताउन आग्रह गर्दै जनतालाई सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। रायमाझीले विकास, रोजगारी र जनताको सुख-दुःखमा सँगै रहेर काम गर्ने बताउनुभएको छ।

error: Content is protected !!