०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

प्रहरीले २२ लाख नगदसहित क्यासिनोबाट १० जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २१, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । अवैध रुपमा क्यासिनो खेलाउने र खेल्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरुबाट प्रहरीले रु २२ लाख ९६ हजार रकमसमेत बरामद गरेकोे महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

काठमाडौँ महानगरपालिका– १३ ताहचलस्थित प्लाटिनम होटलमा अवैध रुपमा क्यासिनो सञ्चालन भएको भन्ने गोप्य सूचनाका आधारमा कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत–मोतिहारीका रञ्जितकुमार जैसवाल, सोहनप्रसाद, मुमताज मियाँ, शेख मुर्तुजा अलि, जनकपुरका राजकुमार सिंह र बाराका टिन्कुप्रसाद छन्।

जुवा खेलाउने काठमाडौँ महानगरपालिका–२२ बस्ने सो होटलका व्यवस्थापक महेश मल्ल, सर्लाहीका कमलदेव चौधरी, अजय यादव, क्यासियर सचिन वाग्ले पनि पक्राउ परेका छन्।

उनीहरुको साथबाट प्रहरीले रु नौ लाखको चेक, नगद रु आठ लाख, ३९० वटा क्यासिनो क्वाइन, पैसा गन्ने यन्त्रलगायत सामग्री बरामद गरेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।रासस
­­­

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!