०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

खतिवडाको चरित्र हत्या प्रहरीद्धारा समाचार झुटो भएको स्वीकार

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २१, २०७७

Abc Sanchar
दाङ, । घोराही १५ का छबिलाल खतिवडा (ज्वाला) ले आफ्नो चरित्र हत्या हुने गरि समाचार प्रकाशन गरिएकोप्रती गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ । न्यूज अभियान नामक अनलाईनबाट आफ्नो चरित्र हत्या हुने गरी झुटो समाचार प्रकाशन गरिएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।

साथै आफु एउटा राजनितिक तथा व्यवसायिक व्यक्ति भएकाले आफ्नो चरित्र हत्या गर्ने गरी चेक बाउन्सको आरोपमा प्रहरीले प्रक्राउ गरेको अव आफुले कानुनी उपचार खोज्ने बताउनु भएको छ ।

न्यूज अभियान नामक अनलाईनबाट प्रकाशित समाचारमा जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले चेक बाउन्समा उजुरी पछि खतिवडालाई प्रहरीले समातेको भन्ने अभिव्यक्ति राखिएको छ । तर एसपी गणेश चन्दले भने त्यो सरासर गलत भएको र छबिलाल खतिवडा (ज्वाला) लाई प्रहरीले पक्राउ नगरेको बताउनु भएको छ ।

लेनदेनको विषयमा सामान्य छलफल भएपनि खतिवडालाई पक्राउ नगरिएको र अफुले त्यस्तो जानकारी कतै नदिएको एसपी चन्दले बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!