०७ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

ट्राफिकले चोरी भएको २७ वटा मोटरसाइलक फेला पारी सम्बन्धितलाई बुझायो

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २१, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । विभिन्न स्थानबाट चोरी भएका २७ वटा मोटरसाइकल महानगरीय ट्राफिक प्रहरी महाशाखाले फेला पारी सम्बन्धित धनिलाई बुझाइएको छ ।

उक्त महाशाखामा विहीबार आयोजित कार्यक्रममा महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईले उक्त मोटरसाइकल सम्बन्धित धनिलाई बुझाएका हुन् ।

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको प्रहरीले उपत्यका, उपत्यकाका आसपास, नुवाकोट, धादिङ र मकवानपुरका विभिन्न स्थानहरूबाट चोरी भएका ती मोटरसाइकल विशेष सूचना संकलनमार्फत चेकिङ टोली परिचालन गरी बरामद गरेको हो ।

महाशाखाले यस आर्थिक वर्षमा मात्रै हराएका २ सय ७९ वटा मोटरसाइकल सवारी धनीलाई जिम्मा लगाई सकेको छ भने चोरीमा संलग्न ४१ जना व्यक्तिहरूलाई पक्राउ गरी आवश्यक कारवाही समेत गरिएको उक्त महाशाखाले जनाएको छ ।

चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवा Lost Vehicle Application मा लग ईन गरेर निवेदन दिने व्यवस्था समेत रहेकोले समयमै जानकारी गराउन महाशाखाले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

प्रहरीलाई मधेशतिर जाऊ,खेतीपाती गर भन्दै ल सङ्ग्रौला र वाइबाको ५ बर्ष पुरानो भिडियो भाइरल, काठमाडौं । अहिले सामाजिक सञ्जालमा नश्लीय आधारमा एक प्रहरी अधिकारीमाथि टिप्पणी गरिएको पुरानो भिडियो भाइरल भएको छ। भिडिओमा देखाइएको अभिव्यक्ति मधेशी भएकै कारण प्र’हरीलाई हेपिएको जस्तो देखिए पनि वास्तविकता भने फरक छ। भिडिओ भाइरल भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जुनसुकै स्थानका नेपालीले […]

काठमाडौं । हो, यो घटना वास्तवमै अत्यन्त निन्दनीय र अमानवीय हो। एक महिलामाथि, त्यो पनि बच्चा बोकेको अवस्थामा, हात हाल्नु गम्भीर अपराध हो। यस्तो व्यवहारले समाजमा असुरक्षा र अन्याय बढाउँछ। दोषीलाई कडा कानुनी कारबाही हुनुपर्छ र महिलाको सुरक्षा सुनिश्चित गर्नु सबैको जिम्मेवारी हो। समाजमा यस्ता घटनाहरु नहोस् भनेर सबैले मिलेर काम गर्नुपर्छ। महिलाहरुको सुरक्षा र […]

दाङ । लमही नेपाल विद्युत् प्राधिकरण अन्तर्गत प्रसारण ग्रिड कोहलपुर शाखा १३२ केभी दाङको लमही सबस्टेसनको विद्युत् कन्ट्रोल हाउसमा शुक्रबार आगलागी भएको छ। विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। आगलागीपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । दाङको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी […]

error: Content is protected !!