२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

विमानस्थल सुरक्षाले साउदीबाट नेपाल आएका व्यक्ति सुनसहित पक्राउ

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २१, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट १६० ग्राम अवैध सुनसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

१६० ग्राम सुनको ३ थान बाला र २ थान औंठीसहित स्याङ्जा चापाकोट नगरपालिका-६ घर भएका ४२ वर्षीय नगेन्द्रकुमार राना सोमबार राति पक्राउ परेका प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ ।

हिमालय एयरलाइन्सको विमानमार्फत साउदी अरेबियाको रियादबाट आएका रानालाई जाँच गर्दा अवैध रुपमा ल्याएको सुनका गहना विमानस्थल पार्किङ एरियाबाट फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

रानालाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइने प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेश बास्तोलाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]