०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँके ट्राफिकले १२० जना बिधार्थीलाई सुरक्षित यात्रा कक्षा संचालनमा

Logo
प्रकाशित सोमबार, फाल्गुण २४, २०७७

(महेन्द्र सिंह)
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले कोहलपुरका बिधार्थीहरुलाई सुरक्षित यात्रा अभियान-ट्राफिक सचेतना कक्षा कार्यक्रम गरेको छ।

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि कोहलपुर १० मा रहेको तक्षशिला एकेडेमी आज उक्त कार्यक्रम गरेको हो । जिल्ला ट्राफिक प्रहरी बाँकेका प्रहरी सहायक निरिक्षक बिष्णु न्यौपानेले एकेडेमीका १२० जना बिधार्थीहरुलाई ट्राफिक ऐन नियम,सुरक्षित यात्रा अभियान र सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि जनचेतनामूलक सन्देश झल्किने प्रशिक्षण दिएका थिए।

ट्राफिक प्रहरीले थालेको दुर्घटना न्युनिकरण लगायत सुरक्षित यात्रा अभियान अन्तर्गत बस चालक, सर्बसाधारण लगायत बिधार्थीहरुलाई समेत प्रशिक्षण दिदै आएको प्रहरी सहायक निरिक्षक न्यौपानेले बताए। अहिलेको बर्तमान समयमा सुरक्षित यात्रा अभियान-ट्राफिक सचेतना कक्षा कार्यक्रम बिधार्थीहरुका लागी अति आबश्यक रहेको प्रहरी सहायक निरिक्षक न्यौपानेले बताए।

त्यस्तै बिधार्थीहरुले पनि सुरक्षित यात्रा अभियान-ट्राफिक सचेतना कार्यक्रमबाट अब ट्राफिक नियमको पालना गरी यात्रा गर्ने बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!